आइतबार दिनभर युलेसस्थित बियरक्रिक पार्क बाजागाजा सहितको झाकीले गुन्जयमान बन्यो । नेवारी संस्कृतिमा आधारित यो पर्वमा जातीय पोशाक लगाएर नेवार समुदायले इन्द्रजात्रालाई भव्य बनाए ।
युनाईटेड नेवा युएसएले गरेको इन्द्रजात्रा कार्यक्रमले पार्कलाई यो माहौलमा ल्याएको हो ।
कुमारी देवी, भैरव गणेश लगायत विभिन्न देवी देवताको भेषभुषमा सजिएर कार्यक्रममा नेवार समुदायले आकर्षक नृत्य पस्केका थिए । कार्यक्रममा लाखे नाच मुख्य आकर्षण रह्यो ।काठमान्डौको वसन्तपुर क्षेत्रमा देखाईने इन्द्रजात्राकै झझल्को दिने गरी आयोजकले
कार्यक्रम गरेका थिए । नेपाल समुदायको बाक्लो उपस्थित रहेको कार्यक्रममा नेवार समुदायका बच्चा देखि वृद्ध सम्मले आ–आफना जातिय पोशाक र गरगहनामा सजिएका थिए ।। कार्यक्रमलाई मनोरञ्जन तुल्याउन जोडी दौड प्रतियोगिता तथा बालबालिका संग सम्बन्धीत कार्यक्रमले सहभागीहरुलाई उत्साही बनायो । तन्नेरीहरुले बजाएको धिमे बाजा देखि मादल लगायतका सांगीतिक प्रस्तुतीले केहीलाई नचायो । परम्परागत बाजालाई कार्यक्रममा महत्व दिइएको थियो । सरिष्मा अमात्य र संजीव प्रधान कार्यक्रमको मुख्य आकर्षण बने । स्थानिय कलाकार देखि बालबालिकाको नृत्यले कार्यक्रमको माहौल तातिएको थियो । दर्शकको बढ्दो चापले सवारी पार्किङमा सर्वसाधारणले सास्ती झेल्नु परेको थियो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...