जनसम्पर्क समिति अमेरिकाले सदस्य वितरणलाई तिव्र पार्दै

अमेरिका–नेपाली जनसम्पर्क समिति,अमेरिकाले समितिको अधिवेशन पूर्व कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिने भएको छ । मातृपार्टी नेपाली कांग्रेसको गत कार्तिक ५,२०७६ को परिपत्र अनुसार, छ महिना भित्र अधिवेशन गर्नेगरी समितिले प्रक्रिया सुरु गरेको थियो । तर पार्टीका तर्फबाट पुन: यही फागुन ८,२०७६ का मितिमा क्रियाशील सदस्यता वितरण र नवीकरणको फाराम संकलन गरी आगामी चैत्र मसान्तभित्र पार्टीमा बुझाएर मात्र अधिवेशन प्रक्रिया सुरु गर्नु भन्ने परिपत्र जारी भएकोले सोही अनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्यलाई प्राथमिकता दिने निर्णय गरिएको हो ।
फेब्रुअरी २२,२०२० शनिवारका दिन सम्पन्न समितिको कन्फरेन्स बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेस पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं समितिका सभापति आनन्द विष्टको सभापतित्वमा सम्पन्न बैठकले पार्टीको पछिल्लो परिपत्र अनुसार अघि बढ्ने र जनसम्पर्क समितिको सदस्यता वितरण नगरी समितिको अधिवेशन गर्न वैधानिक र कानुनी रुपमा समेत असम्भव हुने र क्रियाशील सदस्यता शुल्क संकलन गर्न समेत समितिको वैधानिक प्रक्रियाबाट अघि बढ्नुपर्ने भएको भन्दै यो कठीनाईलाई पार्टी समक्ष अवगत गराउने निर्णय गरेको छ ।
समितिले अमेरिकामा पार्टीको क्रियाशील सदस्यताका लागि आवश्यक फाराम पार्टी समक्ष माग गरी तत्काल सदस्यता वितरण कार्य अघि बढाउनेछ ।
शनिवारको बैठकले यस पहिले नै विधिवत रुपमा प्रक्रिया पुर्याई समितिका सभापति समक्ष च्याप्टर गठनका लागि अनुरोध गरेका विभिन्न पांच वटा च्याप्टरलाई अनुमोदन समेत गरेको छ । जस अनुसार,साउथ फ्लोरिडा च्याप्टर(अविनाश नायक,संयोजक),विस्कनसिन च्याप्टर (राजेन्द्र ओझा (राजु)संयोजक),ओहायो (कल्याण अधिकारी,संयोजक),सेन्टर टेक्सास (पारस खड्का,संयोजक) र केन्टकी (सुधीर ओझा,संयोजक) सहितका पाँच वटा च्याप्टर अनुमोदन गरी समितिमा आवद्ध गर्ने निर्णय गरिएको छ । यसैगरी अन्य राज्यबाट प्रक्रिया पुर्याई एकसाताभित्र विधिवत आवेदन प्राप्त भएको खण्डमा त्यस्ता च्याप्टरहरुलाई आगामी बैठकबाट अनुमोदन गर्ने गरी निर्णय गरिएको छ ।
समितिको आधिकारिक वेभसाइट हालसम्म पनि समितिका सदस्य विष्णु सुवेदीले समितिलाई औपचारिक हस्तान्तरण नगरेको र पछिल्लो बैठकको निर्णय अनुसार तीन दिनभित्र समितिलाई हस्तान्तरण गर्न निर्देश दिएकोमा हालसम्म पनि कुनै एक्सेस उपलब्ध नगराएकोले पुन: एकपटक अनुरोध गर्ने निर्णय गरिएको छ ।
शनिवारको बैठकमा सम्पूर्ण पदाधिकारीसहित २८ जनाको उपस्थिति थियो । बैठकमा समितिका पूर्व संयोजक एवं वर्तमान कानुनी सल्लाहकार खगेन्द्र जीसीको विशेष उपस्थिति थियो । जीसीले पार्टीको पछिल्लो परिपत्र र यसले उत्पन्न गरेको अन्यौलका बारे प्रकाश पार्नु भएको थियो । बैठकमा सभापति- आनन्द विष्ट,बरिष्ठ उपसभापति -धनन्जय नरसिंह केसी, उप-सभापति- धर्मराज श्रेष्ठ,उप-सभापति-भगवान मैनाली,उप-सभापति-चेत प्रसाद पौडेल,उप-सभापति-केशब बराल,महासचिव- मुनिन्द्र नेम्बाङ,सचिव-भोजराज थोकर,सचिव-ईश्वर सापकोटासहित सदस्यहरु ज्ञानेन्द्रराज कार्की, सुवास लामा,लोक लामा,गोपाल बिश्वकर्मा,सुन्दर गुरुङ,गौतम दाहाल,परमानन्द खनाल,गोविन्द लम्साल,पिताम्बर भुषाल,रविन बस्नेत, सुभेन्द्र रानाभाट, पविता परियार,मान्ती शाह,ओम भट्टराई,माया कडायत, किलन राई,अमृत भट्टराई,सन्तोष पहारी र हरी शर्मा उपस्थित हुनुहुन्थ्यो भने समितिका पूर्व संयोजक एवं कानुनी सल्लाहकार खगेन्द्र जीसीको विशेष उपस्थिति थियो ।