अमेरिका– अफगानिस्तानमा शान्ति बहालीका लागी शनिवार कतारमा अमेरिका र तालिबान बीच ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पियो र तालिवानका नेता दोहामा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
यो सम्झौतासंगै अब अफगानिस्तानमा जारी लामो युद्ध अन्त्य हुने विश्वास गरिएको छ । अमेरिकासंग शान्ति सम्झौताका लागी ३१ सदस्यीय तालिवान प्रतिनिधिमण्डल कतार पुगेका थिए । कतारको राजधानी दोहामा भएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धग्रस्त अफगानिस्तानमा स्थायी शान्तिका लागी ऐतिहासिक सम्झौता भएको बताएका छन् । यदि अवस्था सहज बन्यो भने १४ महिना भित्र अमेरिकी सैनिक अफगानिस्तानबाट आफनो देश फर्किनेछन् । अफगानिस्तानमा अहिले ८ हजार भन्दा बढी अमेरिकी सैनिक कार्यरत रहेका छन् । यो सम्झौता संगै १८ वर्ष देखि जारी अफगास्तिान युद्ध अन्त्य हुने विश्वास गरिएको छ ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...