युएसनेपालपोष्ट संवाददाता÷न्युयोर्क

पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४ औ महासभामा भाग लिन आज अमेरिकाको न्युयोर्क आइपुगेका छन् ।
न्युयोर्क आइपुगेका ज्ञवालीलाई अमेरिका स्थित नेपाली राजदुत अर्जुन कार्की, नेपाली महावाणिज्य दुत पुष्पराज भट्टराई प्रवासी नेपाली मञ्चका पुर्व अध्यक्ष सञ्जय थापा तथा संयुक्त राष्ट्र संघका लागी स्थायी प्रतिनिध अमृतबहादुर राईले स्वागत गरेका थिए । उनले भोली सोममार महासभालाई संबोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यस अधि महासभामै भाग लिन उपप्रधानमन्धी उपेन्द्र यादव वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत पनि अमेरिका आइसकेका छन् । मन्त्री सहित १२ सदस्यीय टोली अमेरिका आइपुगेका हुन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected