टेक्ससमा पाेखरेली युवाकाे लगानीमा आमा स्टाेरसंग बुटीक व्यवसाय सुरु
टेक्सस– अमेरिकाको टेक्सस राज्यमा नेपालीहरुले विभिन्न व्यवसायमा लगानी गर्ने क्रम बढ्दो छ । पछिल्लो समय स्टोर , रेष्टुरा संगै अन्य व्यवसायमा नेपालीहरु आकिर्षत भइरहेका छन् । यसै क्रममा पोखराका युवा शंकर गिरीले स्टोर व्यवसायमा हात हालेपछि नेपाली ग्रोसरी स्टोरमा लगानी गरेका छ्न ।
टेक्ससको फोटवर्थ बासउड रोडमा संचालिन आमा नामकका इन्डियन तथा नेपाली ग्रोसरी स्टोर संचालनमा ल्याएका छन् । हालै मात्र नेपाल अमेरिकन च्याम्बर्स अफ कर्मश टेक्सस च्याप्टरले उक्त स्टोरको औपचारिक रुपमा उद्घाटन गरेको छ ।
विशेष गरी नेपाली उत्पादन संगै एशियन समुदायलाई चाहिने सबै सामानहरु स्टोरमा उपलब्ध रहेका छन् ।
‘मम ¥यापर देखि नेपाल मरमसला चामल देखि सबै प्रकारका खाद्यबस्तुहरु स्टोरमा उपलब्ध छन्’ संचालन गिरीले भने– ‘विशेष गरी स्टोरमा नेपाली उत्पादीत बस्तुलाई पनि महत्व दिएर विक्री वितरण गरेका छौ ।’
चौध वर्ष देखि अमेरिकाको टेक्सस बस्दै आएका युवा व्यवसायी गिरीले यो स्टोर वृहत रुपमा संचालनमा ल्याएका हुन ।
उनका अनुसार स्टोरमा नेपाली खाद्यबस्तु देखि बुटिक कपडा समेत उपलब्ध गराइएको छ । बुटिक व्यवसायलाई बृहत बनाउन अनलाइन सपिङ पनि छिटै सुरु गदैछौ, गिरीले भने । पेशाले सफटवेयर इन्जिनियर गिरीले छोटो समयमा स्टोर लगायतको व्यवसायमा सफलता हािसल गरेका छन् । २ लाख ७५ हजार डलरको लगानीमा यो आमा स्टोर संचालनमा आएको हो । स्टोर संगै उनको रियल स्टेटमा समेत लगानी रहेको छ ।अमेरिका संगै उनले नेपालमा पनि होटल व्यवसायमा लगानी गरेका छन् ।