कवि शर्मा

बाँच्न त

अस्पतालमा रोगी

जेलमा कैदीपनि बाँचेकै हुन्छ 

चन्द्र र सुर्य अङ्कित झन्डा 

फ़र्फ़राएको   

बस, बेला बेला उडेर कतै छिमेक तिर जाला भन्ने त्रास छ

नेपालीको पाखुरीमा बल अझै छ

तर, पाखुरीको तागत बिदेशी भुमीमा खर्चिनुपर्ने बाध्याता छ

जनता छन देश छ

तर, देशका निम्ति मर्छु भन्ने होइन

कुर्सीका निम्ति लडछु भन्ने जमात छ

तिमीले देखेको हिमाल हासीरहेको छ, गन्दगी लुकाएर

फलोस फुलोस भन्ने तिम्रो कामना

तिम्रो सपना 

महेन्द्र माला र कल्पना मै सिमित छ। 

हो

तिमी मरे पनि तिम्रो देश

बाचिँराखेको छ

सेलाइन चडाएर

अक्सिजन मास्क लगाएर

स्ट्रेचर मा लडेर

देश कोमामा बाचिँरहेको छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected