अमेरिका– अमेरिकामा यतिबेला प्रवासी नेपाली एकता मञ्च भित्र विवाद सृजना भइरहेको छ । दुई खेमामा विभाजित यो संस्थामा प्रभु थापा र टेक गुरुङले भिन्दा भिन्दै गुटको नेतृत्व लिएका छन् ।
यसै बीच प्रवासी एकता मन्च टेक गुरुङ नेतृत्वले आइतबार ड्यालसको अर्भिङ स्थित नमस्ते ग्रिल एण्ड बारमा आयोजीत एक पत्रकार सम्मेलन गरी आफुहरु बाहेक अमेरिकामा अर्को कुनै प्रवासी नेपाली एकता मञ्च नरहेको स्पष्ट पारेको छ ।
प्रवासी नेपाली एकता मञ्च अमेरिकाका प्रवक्ता कमल ओझाले भने– ‘यही नामको अरु कुनै संस्था दर्ता हुन सक्दैन, यो नै आधिकारिक प्रवासी नेपाल एकता मञ्च हो ।’ उनका अनुसार अरु कसैले संस्थाको नाममा पुच्छर झुन्डाएर हामी हौ भन्छन भने हामीलाई भन्नु केही छैन ।
उनले पुर्व प्रवासी नेपाली एकता मञ्चलाई यही संस्थामा आवद्ध भएर विवादको अन्त्य गर्न सुल्झाए ।

प्रवासी नेपाली एकता मन्चका प्रवक्ता कमल आेझा पत्रकार संम्मेलनमा बाेल्दै

यस्तै सदस्य भीम कार्कीिले अमेरिकाको कानुन अनुसार ५०१ सि अनुसार दर्ता भएको यो नाफामुलक सामाजिक संस्था भएको प्रष्टाउदै कुनै पनि पार्टिको झण्डा मुनि नरहेको दाब िगरे । हाम्रो यो विशुद्ध संस्थामा कुनै पािर्टको ब्यानर हुदैन अनि नेता हुदैन उनले भने– ‘सबैलाई यो संस्थामा आवद्धताका लागी ढोका खुल्ला छ ।’
उनले आफुलाई प्रवासी मञ्चको अध्यक्ष दाबी गदै आएका प्रभु थापा प्रकृयागत रुपमा नगएको बताउदै उनले बनाएको कमिटीको औचित्य नरहेको बताए ।
पत्रकार सम्मेलनमा प्रवासी नेपाली एकता मञ्चमा विवाद रहेको स्वीकादै अब यसमा संवाद र सहकार्य सहित मिल्नुको अर्को विकल्प नभएकोमा मञ्चका पदाधिकारीले जोड दिएका थिए ।

मन्चका चेतनाथ भट्टराईले पनि याे नै आधिकारिक प्रवासी नेपाली एकता मन्च भएकाे बताए

 

प्रवासी नेपाली एकता मञ्चको ४३ सदस्यीय कमिटी बिस्तार
यसै बीच आइतबार पत्रकार सम्मेलन मार्फत प्रवासी नेपाली एकता मञ्चले ४ सदस्यीय पदाधिकारी सहित ४३ सदस्यीय कमिटी बिस्तार गरेको छ ।
यसैलाई प्रवासी नेपाली एकता मञ्चको आधिकारिकता पृष्ठि गदै सबैलाई संस्थाा आवद्ध हुन आव्हान पनि गरिएको छ ।
टेक गुरुङको सयोजकत्वमा शंकर पन्त महासचिव, कमल ओझा प्रवक्ता र युवराज खनाल कोषाध्यक्ष रहेको कमिटी बिस्तार गरिएको छ । बाकी अमेरिकाका विभिन्न राज्यबाट ३९ जना कमिटी रहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected