अमेरिका–अमेरिकामा कोरोनाभाइरस सक्रमणबाट दुईको मुत्यु भएपछि अमेरिकाले इरान,इटाली र दक्षिण कोरियाबाट आउनेलाई यात्रामा प्रतिबन्ध लगाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफना देशका नागरिकलाई समेत यी मुलुकको भ्रमण नगर्न सल्लाह दिएका छन् ।
ट्रम्पले कोरोनाभाइरसको समस्या बढन सक्ने भए पनि जो स्वस्थ छन् तिनीहरु छिटै निको हुने बताए । कोरोनाभाइरस सग लडन अमेरिका हर तरहले लाग्न््े समेत स्पष्ट पारेका छन् ।
कोरोनाभाइरस सक्रमणकै कारण अमेरिकाको वासिङटन किङ काउन्टीमा शनिवार र आइतबार गरेर दुई जनाको ज्यान गएको छ ।
अमेरिकामा सक्रमणको सख्या बढदै गएपछि अमेरिकाले सर्तकता अपनाएको छ । अमेरिकाको सबै भन्दा ठुलो व्यस्त सहर मानिने न्युयोर्कको म्यानहटनमा समेत इरानबाट फर्किएकी एक महिलामा कोरोनाभाइरस सक्रमण देखिएको छ ।
चीन समेत गरी विश्वभर अहिले सम्म कोरोनाभाइरसबाट ३ हजार जनाको ज्यान गइसकेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected