टेक्सस– अन्तराष्ट्रिय नारी दिवस यस पटक अमेरिकाको बोस्टनमा भव्य रुपमा मनाइएको भएको छ । गैरआवासिय नेपाली संघ अमेरिका अन्तर्गतको ओमन पार्टिसिपेसन एण्ड इम्पावरमेन्ट समिति नेपाली वुमेन्स ग्लोबल नेटवर्कको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा महिलाहरुको मुद्धालाई प्राथमिकताका साथ उठाएर छलफल गरिने कार्यक्रम रहेको एनआरएनए एनसिसिको दक्षिण क्षेत्रको सह संयोजक श्रद्धा अधिकारीले बताइन ।
उनका अनुसार महिला हक हितका विषयमा छलफल हुने भएकाले यो कार्यक्रम महत्वपुर्ण रहेको छ ।
११० औ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका महिला अगुवा तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा गैरआवासिय नेपाली संघ की उपाध्यक्ष रविना थापा लगायत विभिन्न संघ संस्थामा आवद्ध महिलाहरुले महिला संग सम्बन्धी विषयमा छलफल र अन्तरक्रिया गर्नेछ ।

कार्यक्रम बारे आयोजक संस्थाकी श्रद्धा अधिकारीको भनाई यस्तो छ

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected