अमेरिकामा कोरोनाभाइरस फैलिएपछि दस लाख मानिसमा जाँच हुदै
अमेरिका–अमेरिकामा कोरोनाभाइरस सक्रमणबाट मुत्यु हुनेको संख्या बढन थालेपछि यसको रोकथामका लागी जा“च प्रकृया थालिएको छ ।
ट्रम्प प्रशासनले यसै साता देखि शंका लागेकाहरु माथि निगरानी बढाई जा“च प्रकृया सुरु गर्ने भएको हाे । यस बारेमा सोमबार ६ वासिङटनमा ६ जनाको मुत्यु भएपछि झण्डै १० लाख मानिसमा यो कोरोनाभाइरसको जा“च गर्ने जनाइएको छ । अमेरिकामा कोरोनाभाइरसबाट सक्रमण हुनेको सय पुगीसकेको छ । वाइट हाउसका खाद्य तथा औषधी प्रशासनका आयुकत डा स्टीफन हानले निजी कम्पनी तथा प्रयोगशालामा कोरोनाभाइरसको जा“च प्रकृया भइरहेको बताएका छन् । तर अमेरिकी उपराष्ट्रपति माइक पेसले शीर्ष स्वार्थ अधिकारीहरुसंगको समिक्षा बैठकमा भने अमेरिकी नागरिकमा कोरोनाभाइरसको खतरा कम रहेको बताएका थिए । तर ६ जना बासिङटन आसपासमै मुंत्यु भएपछि यसले शंका बढाएर गएको छ । समाचार एजेन्सीका अनुसार अमेरिकामा सक्रमण भएका मध्ये ४८ जना दोस्रो मुलुकबाट अमेरिका आएकाहरु हुन ।
अमेरिकी अधिकारीहरुका अनुसार अहिले सम्म जा“च ३३७ किट टेस्ट किट प्राप्त भएको छ । निजी निमार्ता कम्पनीले पनि अतिरिक्त किट टेस्ट किट तयार गरिरहेका छन् । एक किटबाट ३ सय ५० जनाको जा“च हुन सक्ने बताइएको छ ।
चीन समेत गरी विश्वभर अहिले सम्म कोरोनाभाइरसबाट ३ हजार १ सय भन्दा बढीको ज्यान गइसकेको छ
ट्वीटर कम्पनीका कर्मचारीलाई घरबाटै काम गर्न आदेश
यसै बीच कोरोनाभाइरस रफतारमा फैलिएपछि संसार भरका ट्वीटर कम्पनीका कर्मचारीलाई घरबाटै काम गर्न सुल्झाइएको छ ।
ट्वीटर हयुमन रिर्सोसेज चीफ जेनिफर कृस्टीले व्लग पोस्टमा लेख्दै भनेका छन्–संसारभरका कर्मचारीलाई हामीले घरबाटै काम गर्न प्रोत्साहन गरिरहेका छौ । उनले कोरोनाभाइरसको सक्रमण रोक्न यो कदम चालिएको बताए । दक्षिण कोरिया, हङकङ, तथा जापानमा रहेको कम्पनीको कार्यालयमा कार्यरत कर्मचारीलाई घरबाट काम गर्न अनिवार्य गरिएको छ । पछिल्लो समय एप्पल तथा गुगलको सबै चिनिया स्टोर बन्द गरिएको छ ।