ब्लड डोनर्स अफ अमेरिकाको तेस्रो राष्ट्रिय सम्मेलन क्लाेराडाेमा हुदै
टेक्सस– रक्तदान जीवन दान भन्ने अभियान सहित अमेरिकाकामे क्लोरोडो डेनेभरमा बल्ड डोनर्स अफ अमेरिकाको तेस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ ।
ब्लड डोनर्स अफ अमेरिका (बिडिए) तथा सोसाइटी आफ अमेरिकन नेप्लिज नर्सेस (सान) संगै स्थानिय संघ संस्थाको सहकार्यत्रमा आउदो जुलाई १७ देखि १९ सम्म तीन दिन सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा रक्तदानको माध्यमबाट दिर्घ र स्वास्थ्य जीवन कसरी संभव छ भन्ने विषयमा गहन छलफल हुने ब्लड डोनर्स अफ अमेरिकाका निर्वतमान अध्यक्ष डा नन्द रेग्मीले जानकारी दिए । उनका अनुसार विधानमा छलफल हुनुका साथै आवश्यक सुधार पनि गरिने छ । यसै गरी सम्मेलनले नया कार्यसमिति समेत चयन गर्नेछ । बिडिए बिगत दस वर्षदेखि अमेरिकामा क्रियाशिल रहदै आएको छ । २००९ मा सामाजिक सेवा गर्ने उद्देश्यले गठन भएको संस्थाले अमेरिकाका विभिन्न राज्यमा नियमित रुपमा रक्तदान गराउदै आएको छ ।
बिडिएको पहिलो राष्ट्रिय सम्मेलन टेक्सस र दोस्रो एटलान्टा र तेस्रो क्लोराडोमा हुन लागेको हो । सम्मेलन तयारीका लागी यतिबेला विभिन्न समिति तथा उपसमितिहरु प्नि गठन भएका छन् । सम्मेलनमा २ सय ५० जना को सहभागिता रहने आयोजकले जनाएको छ ।
ब्लड डोनर्स अफ अमेरिकाका निर्वतमान अध्यक्ष डा नन्द रेग्मी संम्मेलन बारे जानकारी दिदै
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...