जापानबाट क्यालिफोर्निया आएको २५ सय सवार क्रुज मा कोरोनाको खतरा
अमेरिका– अमेरिकामा कारोनाभाइरसबाट सबै भन्दा बढी प्रभावित क्यालिफोर्निया राज्य बनेको छ । यस राज्यमा कोरोनाभाइरसबाट सक्रमित ५३ जना घटना बाहिर आएको स्वास्थ्य अधिकारीको हवला दिदै अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बुधबार एक जनाको मुत्यु पश्चात क्यालिफोर्निया सरकारले आपतकालको घोषणा गरेको छ ।
जापानबाट क्यालिर्फोिर्नयामा तर्फ आइरहेको प्रिन्स क्रुज पानीजहाजमा कोरोनाभाइरस फैलिएको अधिकारीहरुले बताएका छन् । यो क्रुज जापनबाट सानफ्रािन्ससको तर्फ अघि बढेको थियो । अधिकारीहरुले सान फ्रान्सिसको मा उर्तिएको यो क्रुजका यात्रुहरुको खोजी गरिरहेको छ । क्यालिफोर्नियाका गर्भनर गेविन न्युसमले उक्त क्रुजमा २५ सय यात्रु सवार रहेको बताएका छन् । उक्त क्रुज ११ फेब्रुअरी देखि २१ फेब्रुअरी का बीच मेक्सिको यात्रमा निस्केको थियो । मेक्सिसबाट फर्किएपछि यो ग्रेण्ड प्रिस क्रुज हवाईमा किनारा लगाइएको बताइन्छ । क्रुजका ६२ जना यात्रुमा सक्रमण भएको पृष्टि भइसकेको छ ।
अमेरिकामा कोरोनाभाइरस पछिल्लो तिव्र रुपमा फैलिन थालेको छ । अहिले सम्म ११ जनाको ज्यान गएको छ । कोरोनाभाइरस बाट अहिले सम्म १५० सक्रमित भइसकेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
कोरोनाभाइरसको डरले अमेरिकामा सामानहरुको स्टक बढ्दो
कोरोनाभाइरसबाट डर र त्रासका कारण अमेरिकामा खानपीनका सामान स्टक राख्ने क्रम बढेको छ । डेली मेलका अनुसार पछिल्लो केही साता यता खानपीनका सामानहरुको बिक्री हवात्तै बढेको छ । स्टक राख्ने क्रम बढेको छ ।
सर्वसाधारणले दुध फलफुलबाट बनेको स्नेक्स लगायतका रेडीमेड खानेकुराहरु स्टोर गर्न थालेका छन् । यसका साथै हेण्डवास , सेनेटाइजरको विक्री पनि अधिक भएको छ । यो विशेष गरी मियामी, न्युयोर्क फलोरिडा क्यालिफोर्निया,
सियाटल लगायतलमा बढी देखिएको एजेन्सीहरुले जनाएका छन् । पछिल्लो साता दिनको दौरान सेनिटाइजरको विक्री हवात्तै बढेको छ । अमेरिकाका सपिङमल तथा स्टोरमा भीडभाड बढीरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको सरकारले कोरोनाभाइरसबाट नआत्तिन बारम्बार अपिल गरिरहेका छन् । यसको बाबजुत पनि अमेरिकामा कोरोनाभाइरसको त्रास र भ्रम फैलिदै गएको छ ।
तस्वीर एजेन्सी