अमेरिकामा कोरोनाभाइरस त्राससंगै सर्तकताका लागी नेपाली कार्यक्रमहरु धमाधम स्थगीत

अमेरिका–अमेरिकामा कोरोनाभाइरसको त्रास बढेपछि यहाँ हुने भनिएका नेपाली कार्यक्रमहरु धमाधम स्थगीत हुन थालेका छन् ।
भीडभाडमा कोरोनाभाइरस सक्रमण हुन सक्ने भएकाले सर्तकताका लागी यस्ता कार्यक्रमहरु स्थगन भएका हुन । गैरआवासिय नेपाली संघ (एनआरएनए) को पहलमा तय भइसकेका र हुन लागेका धेरै कार्यक्रमहरु स्थगीत भएका छन् ।

कोरोनाभाइरसको सक्रमण अमेरिकामा पनि फैलिन थालेपछि सर्तकता र जोखिमबाट बच्न सभा समारोह र भेला कार्यक्रमहरु स्थगन गरिएको गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष सुनिल शाहले जानकारी दिए । ‘एनआरएनए अमेरिकाका पहलमा तय भइसकेका कार्ययक्रम देखि तयार गरिएका दर्जन कार्यक्रम हाललाई स्थगीत गरिएको छ’ अध्यक्ष शाहले भने–कोरोनाभाइरस संक्रमणको त्रास सबैतिर फैलिएपछि कार्यक्रमहरु हाललाई स्थगीत गरेका हौ ।
एनआरएनए कै पहलमा न्युजर्सि च्याप्टरले आउदो सोमबार गर्ने भनिएको क्षेत्रीय स्तरको जनगणना, एनआरएनए अन्तक्रिया, भ्रमण वर्ष लगायतका महत्वपुर्ण विषयहरु समेटिएर गर्न लागीएको कार्यक्रम पनि स्थगीत भएको छ ।

त्यस्तै बोस्टनमा आइतबार अन्तराष्ट्रिय महिला दिवसको अवसरमा एनआरएनए अमेरिकाकै पहलमा हुने भनिएको कार्यक्रम पनि स्थगीत भएको एनआरएनए अमेरिकाले जनाएका छ । कोरोनाभाइरसको सक्रमण विश्वभर नै फैलिदै गएको अवस्थामा यो संवेदनशिल घडीमा कुनै पनि सभा सम्मेलन अहिले उपयुक्त देखिएन’ एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेले टेलिफोनमा भने– ‘अमेरिकी सरकारले कोरोनाभाइरस सक्रमण सामान्य नभएको घोषणा नभइन्जेल हाललाई कुनै पनि सभा सेमिनार र भेला नगर्ने निर्णय गरेका छौ ।’
उनका अनुसार एनआरएनए अमेरिकाले मिति तय नगरि तयारी गरिरहेका धेरै चेतनामुलक कार्यक्रमहरु सबै हाललाई स्थगीत गरिएको छ ।
सभा समारोह र भेला नगरे पनि एनआरएनएले फेसबुक तथा सामाजिक संजाल मार्फत केही छलफल कार्यक्रमलाई निरन्तरता दिने समेत जनाएको छ । छिट्टै कोरोनाभाइरस संग सम्बन्धी रहेर एउटा छलफल कार्यक्रम फेसबुक लाइभ मार्फत गर्न लागीरहेको एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले जानकारी दिएका छन् ।

एनआरएनए ले तय गरेका कार्यक्रम मात्र हैन अमेरिकाका विभिन्न संघ संस्था र नेपाली समुदायले आयोजना गर्न लागेका धेरै कार्यक्रमहरु कोरोनाभाइरस सक्रमणका कारण धमाधम स्थगीत भएका छन् ।
प्रत्येक वर्ष फागु पर्वको अवसरमा युलेस नेपाली समाजले गदै आएको होली पर्व यसपटक कोरोनाभाइरस सर्तकताका लागी स्थगीत गरिएको छ । विश्व व्यापी रुपमा फैलिएको कोरोनाभाइरस सक्रमणलाई ध्यानमा राखेर भोली शनिवार भनिएको कार्यक्रम स्थगीत गरेका हौ’ आयोजक समितिका संयोजक टिका पौडेलले जानकारी दिए ।
यस्तै अमेरिकाका अन्य विभिन्न राज्यमा आयोजना भएको होली देखि अन्य भेलाका कार्यक्रमहरु कोरोनाभाइरस सक्रमणका कारण स्थगीत गरिएका छन् ।