अमेरिका– कोरोनाभाइरसबाट बच्नका लागी ३ हजार ५ सय यात्रु रहेको क्रुज पानी जहाज क्यालिफोर्निया तटमा रोकाइएको छ ।
जापानको तटमा फसेको प्रिसेस क्रुज कम्पनी संग सम्बन्धी यो क्रुजलार्इृ रोकेर यात्रुमा भाइरस जाँच गरिएको छ ।
३ फ्रेब्रुअरीमा जापानको योकोहामा तटमा प्रिसेस क्रुजमा कसैलाई भाइरस सक्रमण देखिएको थिएन । जब हङकङमा उर्तिने एक यात्रुलाई कोरोनाभाइरस जाँच गरियो तब उनमा पोजेटिभ देखियो । त्यसपछि उनलाई १४ दिन आइसोलेशनमा राखिएको थियो ।
अमेरिकाको क्यालिफोर्निया को तटमा प्रिसेस क्रुजलाई कोरोनाभाइरस सक्रमणका कारण रोकिएको हो । क्रुज मा सवार यात्रु र क्रु मेम्बरमा कोरोनाभाइरसको लक्षण देखिएपछि जा“च थालिएको अधिकारीहरुले बताएका छन् । यो क्रुज हवाईबाट सान फ्रान्सिसको आउदै थियो । अमेरिकामा कोरोनाबाट अहिले सम्म १४ जनाको ज्यान गइसकेको छ ।
ग्रेट प्रिसेस क्रुजका अपरेटर गेविनले क्रुजबाट मेक्सिको यात्रा गर्ने क्यालिफोर्नियाका ७१ वर्षिय एक व्यक्तिको कोरोनाभाइरस सक्रमणका कारण मुत्यु भएको छ । उनका अनुसार यो क्रुजका धेरै यात्रुहरुको जाच भएको छ । यसै कारण पनि क्रुजलाई तटमा रोकिएको छ । क्रुजमा सवार ६२ जनालाई अलग राखिएको छ । जसले मेक्सिसको यात्रा गरेका थिए । उनिहरुलाई क्रुजमा हजारौ यात्रु रहेको र अझै धेरैको जा“च बाकी रहेकोले तटमा रोकिएको भन्दै सबैलाई जानकारी दिइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected