अमेरिका–अमेरिकाको टेक्सस राज्यमा पनि भयावह बन्दै गएको कोरोनाभाइरस बाट १४ जना सक्रमित भएका छन् ।
स्थानिय सरकार तथा राज्य समितिले टेक्सस राज्यमा पनि १४ जनामा सक्रमण देखिएको पुष्टि गरेको हो । पहिलो सक्रमण टेक्ससको हयुस्ट सहरमा भेटिएको हो । ७० वर्षका स्थानियव्यक्ति जो बाहिरबाट यात्रा गरेर हयुस्टन आएका थिए ।
टेक्ससमा सबै भन्दा पहिलो सक्रमण हयारिस काउन्टीमा देखिएको हो । बिहिबार उक्त क्षेत्रमा दुई जनामा सक्रमण भेटिएको हो । त्यस्तै गे्रटर हयुस्टनमा एक जनामा सक्रमण भेटिएको छ ।
हयुस्टनमा देखिएको सक्रमणमा जसले भर्खर बाहिरबाट यात्रा गरेर व्यक्ति भएको समाचार एजेन्सीले जनाएका छन् ।
यस्तै ११ जना सक्रमण भने सान एन्टोनियोमा भेटिएको छ । उनिहरुलाई लेक ल्यान्ड क्वारेन्टाइन एयर फोर्स बेस क्याम्पमा राखिएको छ ।
सान एन्टोनियोमा १२० जनालाई सक्रमणको आंशकामा क्वारेन्टाइनमा राखिएको छ । अमेरिकामा सक्रमणको सख्या बढदै गएपछि अमेरिकाले सर्तकता अपनाएको छ । सक्रमणबाद्ध अमेरिकामा १४ जनाको ज्यान गइसकेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected