– हिमाेढ पहाडी
मेराे देशकाे इतिहासमा
१९०३ काे काेतपर्व
जल्लादहरुले कारेकाे
नृशंस कथा हाे ।
समय फेरियाे
प्रथम क्रान्तिकालागि
कैयाैँ सहिद भए
फगत सत्तामा चढ्ने सिढीँ बने ।
निर्दयी पञ्चाय झन् क्रुर बन्याे
सुखानीमा उनीहरुले
बर्बर कथाले लेखे
छिन्ताङमा रगत पिए
र त झापा बिद्राेहमा
नव जल्लादहरुकाे
पुनर्उदय भयाे ।
प्रजातन्त्रकाे पुनर्स्थापनाका लागि
बिद्राेह उठ्याे सडकमा
सिंहदरबारबाट जल्लादले अादेश दियाे
काठमाडौं र जदहकुवामा
अनि मुख राताे पार्दै पिए
निर्दाेषहरुकाे रगत
सहिद फेरि सिढीँ बन्याे ।
जनयुद्धकाे बिजाराेपणपछि
सत्ताधारी जल्लादहरुले
शान्ति स्थापनाकाे नाममा
बिद्रोही जल्लादहरुले
अामुल परिवर्तनका नाममा
निर्दाेषहरुका ताताे र राताे रगत पिए
फेरि पनि सहिद सिढीँ बने
नयाँ सत्ता स्थापनाकाे नाममा
स्वतन्त्रता र सार्वभौम सत्ताका नाममा ।
हरेक युगमा लेखिरहन्छ मेराे मुलुक
जल्लादहरुकाे कथा
नव जल्लादहरुकाे कथा
अनि सिढीँ बनिरहन्छ निर्दाेष
र त बलिदान गरिरहन्छ
उसलाई के थाह
हरेक युगमा सिंहदरबारले
पैदा गरिरहन्छ जल्लादहरु ।
दाङ
हाल: पाेर्चुगल
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...