अमेरिका– अमेरिकामा कोरोनाभाइरस सक्रमणबाट फलोरिडा राज्यमा थप दुई सहित गरी १७ जना को ज्यान गएको छ ।
अमेरिकी सरकारले पछिल्लो पटक दिएको जानकारी अनुसार यतिका संख्यामा भाइरसबाट मुत्यु भएको हो । फलोरिडामा मुत्यु भएका दुई जना ७० वर्ष उमेर कटेका व्यक्ति भएको समाचार एजेन्सीहरुले बताएका छन् । फलोरिडामा ७ जना मा सक्रमण देखिएको छ । बासिङटन, क्यालिफोर्निया पछि बाहिर फलोरिडामा मुत्यु भएको अमेरिकाको तेस्रो राज्य हो ।
पछिल्लो पटक सार्वजनिक गरिएको रिपोर्ट अनुसार १४ वासिङटन राज्य, दुई फलोरिडा र एक जना क्यालिफोर्नियामा मुत्यु भएको हो । समाचार अनुसार २९ राज्यमा ३ सय ३८ कोरोनाभाइरसको सक्रमणमा परेको रिपोर्ट बाहिर आएको छ ।
सक्रमण फैलिएपछि अमेरिकाले धेरै राजयमा हाइ हल्र्ट जारी गदै सचेत रहन अनुरोध गरेको छ । अमेरिकामा जेलमा पनि कोरोनाभाइरस फैलिन सक्ने भन्दै चेतावनी दिइएको छ । अहिले सम्म अमेरिकाका जेलमा सक्रमण भेटिएको छैन ।
कोरोनाभाइरसको असर अमेरिकाको फिल्म हल, कन्र्सट तथा सांगीतिक कार्यक्रमहरुमा तिव्र असर परेको छ । कयौ कार्यक्रम धमाधम रद्ध भएका छन् । अमेजन, एप्पल, फेसबुक, ट्वीटर, टिकटाक, नेटफिक्स जस्ता ठुला अमेरिकन कम्पनीहरु कोरोनाभाइरसको खतराबाट चिन्ता लिदै पछि हटिरहेका छन् ।
विश्व स्वाथ्य संगठनले ९४ देशमा कोरोनाभाइरस सक्रमण फैलिएको बताएको छ । चीनमा अहिले सम्म ३ हजार ७० जनाको मुत्यु भइसकेको छ ।

तस्वीर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected