पोखरा-पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको टे«जर लाउञ्ज एण्ड बारमा आउने ग्राहकहरुको ज्वरो परीक्षण गर्न थालिएको छ । नोवल कोरना (कोभिड–१९) को सन्त्रासले संसार हल्लाएको बेला टे«जरले बारमा छिर्ने हरेक ग्राहकको शरीरको तापक्रम परीक्षण तथा हातमा सेनेटाइजर प्रयोगलाई अनिवार्य बनएको छ ।

‘हामीले सचेतता अपनाउँदै जर्मनबाट ल्याइएको मेसिनले ग्राहकको शरीरको तापक्रम मापन गर्ने तथा बारमा छिर्दा र निस्कँदा सेनेटाइजर प्रयोगको व्यवस्था मिलाएका हौँ’, टे«जरका संचालक किरण बरालले भने,‘ १ सय डिग्री सेल्सियसभन्दा माथि तापक्रम भएका जो कोहीलाई पनि हामी रेष्टुरेण्टमा प्रवेश दिँदैनौँ ।’ पछिल्लो समय संगीत र मनोरञ्जन चाहनेहरुको प्रमुख गन्तब्य बनेको टे«ेजरले पोखरामै पहिलो पटक यस्तो परीक्षणको व्यवस्था मिलाएको हो । विदेशीहरुको बाक्लो उपस्थिति हुने लेकसाइड क्षेत्रमा कोरोनाबारे जानकारी दिने र सचेतता जगाउने सम्भवत् यो पहिलो अभियान हो । लाइभ म्युजिक, सुविधासम्पन्न डान्सफ्लोर तथा स्वादिष्ठ परिकार टे«जरका विशेषता हुन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected