अमेरिका– अब सर्च इन्जिन गुगल पनि कोरोनाभाइरस रोकथामका लागी जागरणमुलक काम गर्ने भएको छ ।
बढ्दो सक्रमण विश्वभर फैलिएपछि सर्वाधिक शक्तिशाली संजाल गुगलले यस्तो काम सुरु गरेको हो । गुगलका सिइओ सुन्दर पिछाइले आफनो बलिंग मार्फत  यस बारेमा बिस्तृत जानकारी दिएका हुन । चीनबाट फैलिएको कारोनाभाइरसबाट सर्वसाधारण सबैको सचेतना र जागरुकताका लागी हरेक तरहको प्रयोग गर्न लागीएको छ ।
कोरोनाभाइरस को बढ्दो चिन्तलाई ध्यानमा राखेर गूगलले सर्वसाधारण सबैलाई बढी भन्दा बढी जागरुक गर्न थालेको छ । सुन्दर पिछाईले गुगल सर्च, गुग्ल मेप्स, युटयुब र अन्य टिम कारोनाभाइरस बारे सबैलाई सेचतानाका लागी जागरुक बनाउन जुटेको ब्लग मार्फत जानकारी दिएका छन् ।
साथै यो टिमले कोरोनाभाइरसमा फैलिएको अफवाहलाई समेत रोक लगाउने काम गरिरहेको छ । पिछाईले गूगलको एसओएस अलर्ट कोरोनाभाइरस सग जोडिएको साचो खबर, बच्ने उपाय र जानकारी सिधै विश्व स्वास्थ्य संगठन संग समन्वय गरेर सिधै सबै माझ पु¥याउने अन्तिम तयारी भएको बताएका छन् ।
गूगलको ट्रस्ट एन्ड सेफ्टी टिम दुनिया भरीका युजर्सलाई कोरोनाभाइरस संग जोडिएका झुठा खबरबाट बचाउन काम गरिरहेको छ । साथै गुगलले यस्ता झुठा विज्ञापनलाई रोक लगाउने काम समेत गरिरहेको छ । पिछाइले अहिले सम्म यस्ता झुठा हजारौ विज्ञापनलाई हटाइएको दाबी गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected