टेक्सस– टेक्ससको युलेस स्थित फिस्टेज लजमा आईतबार बेग्लै माहौल थियो । सबै आ–आफना सृजना र कला देखाउन तत्पर थिए ।

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज टेक्सस ड्यालस च्याप्टरले गरेको कार्यक्रममा ड्यालस फोटवर्थ क्षेत्रमा क्रियासिल साहित्य पारखीहरुको जमघट रह्यो ।
कार्यक्रममा सहभागीहरुले गीत कविता र विभिन्न नारीसंग सम्बन्धीत सृजनाहरु सुनाएर नारी दिवसको सम्झना गरे ।

भेला सम्मेलनमा मात्रै सिमिति नरहेर व्यवहारिक रुपमा हरेकले घर घरबाट व्यवहारिक रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा एकै रथका दुई पांग्रा भन्ने भनाईलाई चरितार्थ पादै महिला र पुरुष दुबै बराबरी भन्ने यथार्थतालाई पनि कार्यक्रममा अभिव्यक्त गरिएको थियो ।
हरेक वर्ष आउने नारी दिवस मनाउनुको यथार्थ बारेमा भने सबै जना आफैमा अन्यौल देखिन्थे । केवल भाषण र सभामा मात्रै नारी दिवस भएको र वास्तविकतामा अझै पनि नारीहरु माथि उठन नसकेकोमा सहभागीहरुले जोड दिए ।


कार्यक्रममा साहित्य सर्जकले महिला संग सम्बन्धी रचना नै सुनाए । अझै पनि नेपालमा छाउपडी प्रथा कायमै छ । नछुने हुदा महिलालाई छुट्टै राख्ने गरिन्छ । यसै विषयमा आधारित रहेर कवयित्री सुनिता बस्नेतले केरो रजस्वला शीर्षकको यस्तो कविता सुनाईन–
अहोभाग्यले रजस्वला भएकी म
प्रकृतिले संरचना गर्नलाई रोजेकी म
कसले सक्छ र मान्छे भित्र मान्छे बोक्न
चाहेर पनि संभव छ र
रजस्वला विना यो सृष्टि थेग्न ?

यी यस्तै सृजनाले कार्यक्रमको माहौलको माहौललाई साहित्यिक बनाएको थियो । नारी तथा पुरुष स्रष्टाले कार्यक्रममा सृजनाहरु बाचन गरेका थिए । चर्चित गीतकार लिलु गुरुङले पनि कार्यक्रममा उपस्थिति साहित्य पारखीहरुलाई लयात्मक रुपमा आफनो गीत गाएर सबैलाई मन्त्रमुग्ध पारिन । उनले आफनो रचनाको
विरहमा आत्महत्या गरिएन भने
नया जीवन पाइदो रैछ मरिएन भने

बोलको गीतमा सबैले ताली पडकाएर उनलाई साथ दिएका थिए ।
रचना वाचको माहौल चलीरहेको बेला कार्यक्रमलाई संगीतको माहौलले तताइन गायिका उपमा श्रेष्ठले । उनले आस्था राउतको चौबन्दीमा बोलको गीत दुरुस्तै गाइन ।

उनको गीतमा कार्यक्रममा उपस्थित नारी स्रष्टाहरु एक साथ नाचेर माहौललाई तताए ।
कार्यक्रममा गजलकार बासु पुष्पा अधिकारीले पनि नारी संग सम्बन्धीत सृजना वाचन गरे । उनले आमा र जीवनसंगीनीलाई आधार बनाएर रचेको रचना पनि सुनाए । उनले अप्सरा तिमी हैन बोलको गीत गाएर सबैलाई मनोरञ्जन दिए ।

कार्यक्रम स्रष्टा कमला अधिकारीले नारीलाई आफै बलियो भएर अगाडी बढ्न कविता मार्फत आग्रह गरिन । उनले नारी तिमी बदलिएर आउ शीर्षकको कविता सुनाएकी थिइन । कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाज टेक्ससका महासचिव सुमन कार्कीले आमा, श्रीमिति र छोरीको महत्वको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा व्यंग्य कवि अर्जुनराज पन्तले पनि भ्रुण हत्या कविता सुनाए । जन्म नपाई गर्भमा मरेका छाेरीहरु प्रति समर्पित कविता सुनाए । उनी यसाे भन्छन –

गर्भै भित्र छाेरी मारी बुहारी खाेज्छाै अशल

जाउ भाे बरु बुहारी खाेज्न खेलाैनाकाे पशल

कार्यक्रममा रेडियोकर्मि श्रद्धा श्रेष्ठले नारी दिवस मनाउदै गर्दा पुरुष दिवस नमाइने प्रसंग उठाउदै यसमा विभेद रहेको बताइन । उनले नारी दिवस मनाउदैमा नारीको हक अधिकार सुनिश्ति हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको प्रष्टाइन ।

उनले केही छोटो कविता पनि सुनाइन ।
कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहत्यि समाज टेक्ससका अध्यक्ष कपिल अधिकारी, निर्वतमान अध्यक्ष बासु शर्मा, समाजकै निर्मला राई, भगवती पौडेल लगायतले पनि नारी दिवसको औचित्य माथि प्रकाश पारेका थिए ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected