अमेरिकामा फैलिदै कोरोनाभाइरस ५सय भन्दा बढी सक्रमित, २२ को मुत्यु

अमेरिका– अमेरिकामा कोरोनाभाइरस सक्रमणबाट अहिले सम्म २२ जनाको ज्यान गइसकेको छ ।
अमेरिकी सरकारको स्वास्थ्य विभागले आइतबार सम्म यतिको संख्यामा सक्रमणका कारण मुत्यु भएको जनाएको हो ।
अहिले सम्म अमेरिकामा यो भाइरसबाट ५५० जना सक्रमित भइसकेको समाचार एजेन्सीहरुले जनाएका छन् । उनिहरु मध्ये ७० जना बाहिरबाट अमेरिकामा फिर्ता ल्याइएका मध्ये हुन । अहिले सम्म सबै भन्दा धेरै वासिङटनमा १८ जनाको ज्यान गइसकेको छ । संसारभरी अहिले ३५०० बढीको ज्यान गएको छ भने चीनमा मात्रै १ लाख सक्रमीत भइसकेका छन् ।
अमेरिकाको ३२ राज्यमा डढेलो झै कोरोनाभाइरस सक्रमण फैलिसकेको छ । अहिले अमेरिकाको न्युयोर्क, मेरील्यान्ड, क्यालिफोर्निया पछि ओरेगन राज्यमा आपतकाल घोषणा गरिएको छ ।
क्यालिफोर्नियाका गर्भनर गैविन न्युसमले आइतबार एक पत्रकार सम्मेलनमा गै्रट प्रिसेस क्रुजमा २१ जना सक्रमीत भएको बताएका छन् । जबी क्रुजमा ३५ सय यात्रु सहभागी थिए ।
अमेरिकाको ठुलो सहर न्युयोर्क पनि चेपटमा परेको छ । त्यसो त सक्रमीतको संख्या अन्यत्र भन्दा बढी न्युयोर्कमा भएको छ । चीनबाट सुरु भएको यो भाइरस अहिले ७० भन्दा बढी मुलुकमा फैलिएको छ ।
तस्वीर एजेन्सी
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...