अमेरिका– अहिले विश्वभर फैलिएको महामारी कोरोनाभाइरस बारे १२ वर्ष अगाडी नै भविष्यवाणी गरेको कुरा यतिबेला चर्चामा आएको छ । अमेरिकी लेखिएका भनेर दाबी गरिएकी सिल्विया ब्राउनलेले आफनो पुस्तकमा नोबल कोरोनाभाइरस बारे उल्लेख गरेको कुरा बाहिर आएको हो । उनले १२ वर्ष अघि आफनै पुस्तकमा गरेको भविष्य वाणी अहिले महामारी बनेर फैलिएको चर्चा सोसल मिडियामा गरिएको छ उनले २००८ मा लेखेको एन्ड अफ डेज नामक उपन्यासमा लेखेकी थिइन २०२० मा संसारभर एउटा भयानक महामारी फैलिनेछ र यसको चपेटमा सबै देश पर्नेछन् ।
२०२० मा महामारी फैलिने भविष्यवाणी गरि अमेरिकी लेखिका सिल्वियाले लेखेकाे पुस्तक
यो किताबको यस्तै लेखिएको केही पानाहरु भाइरल भएको छ जहा“ २०२० मा संसारभर महामारी फैलिने दाबी गरिएको छ । सोसल मिडियामा यो उपन्यासमा भाइरल भएपछि सबैले प्रश्न गरेका छन् सिल्विया ब्राउनको भविष्यवाणी सत्य सावित भयो त ?
उनले सासबाट कोही बिमारीबाट यो महामारीको रुपमा फैलिने भविष्यवाणी गरेकी थिइन । उनले यो महामारीले संसारलाई चपेटमा पार्ने भन्दै उनले साल समेत २०२० भनेर उल्लेख गरेकी छिन् ।
सिल्विया ब्राउन एक अमेरिकी लेखिका भएको बताइएको छ । उनको २०१३ मा मुत्यु भएपछि त्यस यता उनको केही चर्चा नभएको समाचार स्रोतहरुले बताएका छन् । अहिले कोरोनाभाइरस फैलिएपछि उनको मात्र हैन उनले लेखेको पुस्तक एन्ड अफ डेज चर्चामा आएको छ ।
पुस्तकमा उल्लेख गरिएकाे महामारीकाे अंश
गुगलमा भेटिएकाे पुस्तककाे एक अंश-
‘सन् २०२० मा निमोनिया झै एउटा बिमार संसारभर फैलिनेछ, यो बिमारीले ग्रस्त हुनेलाई फोक्सो तथा सासको नलीमा नराम्रोसंग असर गर्छ र यो बिरामीलाई कुनै औषधीले पनि काम गर्नेछैन ।’
उनले किताबमा १० वर्ष पछि फेरी यो भाइरस फर्केर आउने भन्दै भविष्यवाणी गदै लेखेक छिन् । उनको भविष्यवाणी अनुसार यो २०३० मा फेरी फर्किनेछ । जुन कुरा पुस्तकमा उल्लेख गरिएको छ । सिल्विया ब्राउनले दाबी गरेको बिमारी कोरोनाभाइरस संग अहिले मिल्दोजुल्दो देखिएको छ ।
वसही कुरा मापन गर्ने एउटा वेभसाइटका अनुसार यी लेखिकाले गरेको गरेको भविष्यवाणी धेरै हदसम्म कोरोनाभाइरस संग मिल्दोजुल्दो देखिएको बताएको छ । जुन महामारी उनले भने झै सबैतिर फैलिएको छ ।
तर स्वास्थ्यकर्मिले भने उनको भविष्यवाणीलाई आंिशक रुपमा सही भन्दै प्रतिकृया दिएका छन् ।