अमेरिका– गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने १७ जना भारतीय युवा बेपत्ता भएका छन् ।
दक्षिण सिमा मेक्सिको तथा बहामासबाट अमेरिका प्रवेश गर्न खोज्ने भारतीय युवा वेपत्ता भएका हुन ।
समाचार एजेन्सीका अनुसार उनिहरु अमेरिका प्रवेश गर्ने ५६ जना समुहमा रहेका थिए । अमेरिका प्रवेश गर्ने एक घन्टाको दुरीमा रहेका उनिहरुलाई मेक्सिको सेनाले पक्राउ गरेको जनाइएको छ । उनिहरु अधिकांश भारतको पन्जाब निवासी भएको बुझीएको छ । उनिहरुलाई हिरासतमा लिए पनि अहिले सम्म उनिहरुको केही पत्ता नचलेको पीडित परिवारको हवला दिदै समाचार एजेन्सीले जनाएको छ ।
उनिहरु निकारागुवा हुदै ग्वाटेमालाबाट सडकमार्ग हुदै मेक्सिको पुगेका थिए । मेक्सिको पुगेपछि अन्तिम पटक उनिहरुको परिवारजनसंग कुराकानी भएपनि त्यसपछि सम्पर्कबिहीन भएका हुन । अमेरिका आउन उनीहरुले सुरुमा दलाललाई प्रतिव्यक्ति २० लाख पछि उनिहरुले परिवारजनलाई पुगेको आवाज सुनाउन ४५ लाख रुपैया बुझाएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected