जाेर्जिया-अमेरिकाको एटलान्टामा ” एटलान्टा इन्टरनेसनल नाइट मार्केट फाउनडेशन ” द्वारा आयोजित बार्षिक उत्सवमा” एक संसार हरेक रितिरिवाज कार्यक्रममा पर्यटनदुत राजा घलेले नेपाल चिनाएका छन
।
जोर्जियाकाे अक्वारियममा भएको कार्यक्रममा धेरै राष्ट्रका करिब पाच सय पाहुनाहरु रहेकाे कार्यक्रममापर्यटन दुत राजा घलेले प्रतिनिधित्व गर्दै नेपालकाे पहिचान दिएका हुन ।
‚
उक्त विशेष अवसरमा विभिन्न देशका समुदायले कला,संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने नेपालको तर्फबाट पर्यटनदूत राजा घलेले नेपाल बारे प्रकाश पार्दै उपस्थित सबैलाई एक पल्ट नेपाल घुम्न जानका लागि आग्रह गरे । घलेले नेपालको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधता, रहनसहन आदिको महत्व दर्शाउँदै ‘नेपाल भ्रमण ’ लेखिएको तुल प्रदर्शन गरेका थिए ।
तुल प्रदर्शन गर्न हंगेरीका माहा बनिज्यदुतले विशेष सहयोग गरेका थिए । तुलमा विश्वको सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेस्ट(सगरमाथा र भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी अंकित रहेको थियो ।
≡
उक्त अवसरमा प्रमुख अतिथि लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुले आ–आफ्नो स्थानबाट उभिएर तालीले स्वागत गरेका थिए र धेरैले नेपालको प्रशंसा गर्नुका साथै व्यक्तिगत रुपमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए !
” एटलान्टा इन्टरनेसनल नाइट मार्केट ” ले कार्यक्रम गर्दा अहिले सम्म कम्तिमा ५० हजार पाहुनाहरुको उपस्थिति रहेका छन् ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...