अमेरिका– अमेरिकामा पनि कोरोनाभाइरसको महामारी फैलिन थालेपछि जोडतोडका साथ चलेको राष्ट्रपतिय चुनावी अभियान समेत प्रभावित भएको छ । विभिन्न राज्यमा कोरोनाभाइरसका कारण आपतकाल घोषणा गरेपछि चुनावी प्रचार अभियान प्रभावित भएको हो । तिब्र रुपमा अघि बढेको चुनावी अभियान अहिले आएर रद्ध हुनुका साथै उम्मेदवारले प्रचारको अभियानलाई समेत परिवर्तन गरेका छ्न । उम्मेदवारले नाम चलेका र ठुला मिडियाका गनिएका पत्रकारहरुसंग कुराकानीलाई बढाएका छन् ।
कहि कतै ¥याली भए पनि सुरुमा स्टेडियमलाई पवित्र गरेर मात्र गर्ने गरिएको थियो । त्यो पनि अहिले आएर रोकिएको छ । समाचार एजेन्सीका अनुसार उम्मेदवारले पुर्ण रुपमा चुनावी अभियानलाई परिवर्तन गरेका छन् । गत मंगलबार देखि अमेरिकामा झनै कोरोनाभाइरसको महामारी अधिक रुपमा बढेर गएको छ । डेमोक्रेटका जो बिडेन तथा सैडर्सले स्वास्थ्य अधिकारीहरुको सल्लाहमा ओहायोको चुनावी ¥यालीलाई रद्ध गरेका छन् ।
अमेरिकामा आगामी नोभेम्बरमा अमेरिकाको राष्ट्रपतिय चुनाव २०२० को मतदान प्रकृया हुदैछ । अहिले त्यही राष्ट्रपतिय चुनाव भन्दा पहिला प्राइमेरी चुनावको दौडादौड चलीरहेको छ । अहिले डेमोक्रेटको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका जो बिडेनलाई धेरै सफलता मिलेको छ । उनले मंगलबार मिचिगन सहित चार वटा राज्यमा भएको प्राइमेरी चुनामा जीत हासिल गरेका थिए ।
चुनावी अभियानका क्रममा भीडभाड र मान्छेहरुसंग हात मिलाउनु पर्ने भएकाले सक्रमणको जोखिमलाई मध्यनजर राख्दै चुनावी अभियानहरु रद्ध भएकका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected