गैरआवासिय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा अमेरिकामा बसोबास गदै आएकी रविना थापा भिड्दै छन् । केही समय पहिला उनले औपचारिक रुपम उपाध्यक्षमा उम्मेदवारी बन्ने घोषणा गरेकी थिइन । उनले खुल्ला तर्फ उपाध्यक्षमा आफनो उम्मेदवारी दाबी गरेकी हुन । उनले काठमान्डौमा हुन लागीरहेको नवौ महाधिवेशनका क्रममा २०१९–२०२१ का लागी उम्मेदवारी दिएकी हुन ।
अमेरिकाको डिसि महानगर क्षेत्रमा व्यवसाय गरेर बसेकी थापा विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेर काम गदै आएकी छिन् ।
उनले एनआरएनलाई सबै गैरआवासिय नेपालीको साझा संस्थाको रुपमा विकास गर्न आफुले उम्मेदवारी दिएको बताइन । सामुहिक नेतृत्वको आवाज संस्थागत दिगो विकास भन्ने मुल मन्त्र बोकेर उनी चुनावी अभियानमा होमिएकी छिन् । त्यसो त थापा २०१५ देखि २०१७ सम्म एनआरएनए आइसिसी अमेरिकाको निर्वाचित अध्यक्ष भएर पनि काम गरिन ।
उनले एनआरएनएमा महिला नेतृत्वको अभाव हुदै आएकोले त्यसलाई परिपुर्ति गर्न आफुले खुल्ला तर्फ उम्मेदवारी दिने घोषणा गरेको बताइन ।
म्याग्दीमा जन्मिएर कास्कीलाई आफनो कर्म थलो बनाएकी थापा लामो समय देखि अमेरिकामा रहेर सामाजिक कार्यमा कृयाशिल रहदै आएकी छिन् । उनले एनआरएनएमा उम्मेदवार मनोनयका लागी तोकिएको चको शुल्कले एनआरएनएमा आउन चाहने धेरैको ढोका बन्द भएकोमा उनले असन्तुष्ट पोखेकी छिन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected