अमेरिका– कोरोनाभाइरसको महामारी यतिबेला अमेरिका डढेलो झै फैलिएर गएको छ । सचेत र सजगता नपनाएमा अमेरिकाको आधा आवादी नै यसको चपेटामा पर्ने विशषज्ञरुले औल्याएका छन् । अमेरिकाको वासिङटन राज्यबाट सुरु भएकको कारोनाभाइरस सक्रमण अहिले ४४ राज्यमा फैलिसकेको छ । यसको सक्रमणमा १७ सय भन्दा बढी परिसकेका छन् । पछिल्लो रिपोर्ट अनुसार २१ जनाकाे  ज्यान गइसकेको छ । संभवत राष्ट्रपति ट्रम्पले आजनै राष्ट्रीय संकट घाेषणा गर्ने तयारी गरिरहेकाे समाचार छ ।
अमेरिकी अधिकारीका अनुसार बुझक्कडहरुका लागी कोरोनाभाइरस गंभीर खतरा रहेको छ । हरेक व्यक्ति विभिन्न किसिमका रोगले ग्रस्त रहेकाले पनि कोरोनाभाइरसको प्रभाव उनिहरुमा पर्न सक्छ । अधिकारीहरुका अनुसार क्यानसर, हदयरोग तथा मधुमेह जस्ता बिरामीलाई कोरोनाभाइरसको सक्रमणले झनै गंभीर बनाउन सक्ने हालै गरिएका केही अध्ययनले पुष्टि गरेको विज्ञहरुको हवला दिदै संचारमाध्यमले जनाएका छन् ।
बेडरबिल्ट विश्वविद्यालयका सक्रमक रोग विशेषज्ञ डा बिलियम शेफरनले ६० वर्ष भन्दा माथीको उमेरबाट गुज्रिएका बिरामीहरु धेरै सचेत हुनुपर्ने बताएका छन् ।
बिलियम सहित अमेरिकी स्वाथ्यकर्मिका अनुसार धुम्रपान गर्ने मानिसमा कोरोनाभाइरस सक्रमण अझ बढी खतरा हुनेछ । बिलियमका अनुसार अमेरिकामा झण्डै ३.४ करोड अमेरिकीले धुम्रपान गदै आएका छन् र उनिहरु मध्ये १.६ धुम्रपान सम्बन्धी रोगले ग्रस्त छन् । मधुमेह संगै हदयरोग तथा सासको रोगबाट ग्रस्त भएकाहरुका लागी भाइरस संवेदनशिल हुन सक्ने विज्ञहरुले औल्याएका छन् ।

अमेरिकामा फैलिएको कारोनाभाइरस संगै धेरै राज्यमा कलेज विश्वविद्यालय तथा स्कुल बन्द गरिएपछि विद्यार्थीमा अन्यौल बढेको छ । अध्ययनका लागी बाहिरबाट आएका विद्यार्थीलाई यसले समस्या सृजना गराएको छ । अनुसन्धानमा संलग्न विद्यार्थीलाई पनि प्रभाव पारेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected