कोरोनाभाइरसबाट जोगिन अमेरिका राष्ट्रपति ट्रम्पले गर्न थाले ‘नमस्कार अभिवादन’

अमेरिका– यतिबेला विश्व कोरोनाभाइरसको महामारीले जगडीएको छ । यस्तै बेला भेला समारोह तथा एक आपसमा हात मिलाएर अभिवादन गर्ने प्रचलन पनि हराउदै गएको छ ।
सधै हात मिलाएर अभिवादन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली संस्कृति अनुसारको अभिवादनलाई यतिबेला अंगीकार गरेका छन् । उनले बुधबार मात्रै आयरल्यान्डका प्रधानमन्त्रीसंग वाइट हाउसमा भेटघाटका क्रममा नमस्कार अभिवादन गरेका हुन । जुन तस्विर यतिबेला सामाजिक संजालमा लोकप्रिय बनेको छ । आयरल्यान्डका प्रधानमन्त्रीले समेत ट्रम्पकै शैलीमा नमस्ते गदै अभिावादन फर्काएका छन् ।
ट्रम्पले समेत यो अभिवादनलाई बेग्लै अनुभुति भएको प्रतिकृया दिएका छ्न । ट्रम्पले संवादताहरु संग भने– यो अभिवादनले बेग्लै अनौठौ अनुभुति भएको छ ।’
विशेष गरी नेपाल संगै भारतमा यो अभिवादनका लागी नमस्कार गर्ने प्रचलन छ । यतिबेला अमेरिकाका राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसाट बच्न यो तरिका अपनाएका छन् । राष्ट्रपति ट्रम्पले नमस्कार अभिवादन गरेपछि नेपाली संस्कृति यतिबेला सबैतिर चर्चित भएको छ । धेरैले यतिबेला यही अभिवादनको तरिकालाई समेत पछ्याउन थालेका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...