– पुजा वागिश 

भोलि अनिश्चित छ,

भोलि अन्धकार छ,

आउँछ या आउदैन यो,

यसैलाई थाहा छ…

जसरी भोलि अनिश्चित छ

त्यसरी नै हाम्रो भोलिको प्रेम पनि अनिश्चित छ..

आजको हासो भोलिको आँसु पो हुन्छ कि…?

आजको मिलन भोलिको बिछोड पो हुन्छ कि..?

सायद भोलि थाहा भएको भए

राधाले कृष्णलाई प्रेम गर्थिनन होला.

मुनाले मदनलाई,

जुलियटले रोमियोलाई

या भनौ, 

कृष्णले राधालाई,

मदनले मुनालाई,

अनि रोमियोले जुलियटलाई…

मैले तिमिलाई…

तिमिले मलाई …

म तिमिलाई प्रेम गर्छु, आफुलाई भन्दा धेरै…

र मलाई भोलि गएर

 कुनै वियोगान्त प्रेम कहानिको पात्र बन्नु छैन…

  

 त्यसैले आउ..

भोलि हुने अनिश्चिततालाई कमि गर्ने प्रयासमा 

मायाको एउटा करार गरौ..!

जहाँ…

यदि म रिसाए भने

त्यसले हाम्रो मायामा पर्न गएको क्षतिपूर्तिको दावा

तिमिले मलाई फकाउदै गर्नु

र म मुस्कुराउदै तिमिलाई 

त्यसको बदला माया नै मायाको दोब्बर लाभांश दिनेछु…!

यसैगरी यहीँ नियम तिमी रिसाएको खण्डमा पनि लागू हुनेछ..!

यदि कुनै तेस्रो पक्षले हस्ताक्षेप गर्न आएको खण्डमा

मायाको बुदा,अनि दफा अनुसार ,

दुबै मिलेर प्रतिकार गर्नेछौ!

यसर्थ तिमी मेरो बिमाकर्ता र म तिम्रो…

र यसको अवधि आजिवन हुनेछ।

साथै मृत्युपश्चात् तिम्रो हकवाला म र मेरो हकवाला तिमी हुनेछौं !

त्यसैले आउ….

ढिलो नगरी आजै हाम्रो प्रेमको ‘प्रेम बिमा’ गरौ..

जसको  हरेक किस्ता रुपैयाँ ,पैसा,डलरले हैन कि 

पल पल माया नै माया ले भरपुर गरौँ ।

(पुजा ड्यालसमा सक्रिय नारी हस्ताक्षर हुन )

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected