अमेरिका– विश्वभरी महामारीको रुपमा फैलिदै गएको नोबल कोरोनाभाइरसको बारेमा अध्ययन गरिरहेका अनुसन्धानकर्ताले नया तथ्य फेला पारेका छन् ।
भर्खर प्रकाशित इमर्जिङ इफेक्सस डिजीसे पत्रिकामा प्रकाशित समाचार अनुसार कोरोनाभाइरसको सक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन साता दिन भन्दा कम सयम झण्डै चार दिन लाग्ने अध्ययनबाट खुलेको हो । झण्डै १० मानिसमा यो सक्रमण भाइरस यस्तो व्यक्तिबाट फैलिन्छ जो व्यक्तिमा यसको लक्षण नै देखिएको हुदैन ।
यो एउटा यस्तो खोज हो जसले फैलिएको कारोनाभाइरसको महामारी रोकथामका लागी केही हद सम्म सहयोग पुग्ने जनस्वाथ्य अधिकारीहरुले बताएका छन् ।
युनिभर्सिटी अफ टेक्सस तथा अन्य युनिभर्सिटीका अध्ययनकर्ताको अनुसन्धान अनुसार गरिएको अध्ययनमा चीनमा कोरोनाभाइरस संक्रमण एउटा व्यक्तिबाट अर्कोमा फैलिन औसत चार दिनको समय लागेको थियो । अध्ययनकर्ताका अनुसार महामारी फैलिनमा दुई कुरामा निर्भर गर्छ, जसमा एउटा मान्छेले अरु कतिलाई सक्रमित गर्छ र दोस्रो कुरा अरु सबै व्यक्तिमा यो फैलिनमा कति समय लाग्छ ।

यो अध्ययनमा दुई व्यक्ति जसले अर्कोलाई सक्रमित गर्छ र दोस्रो संक्रमित हुनेले अन्य व्यक्ति जो लक्षण लाग्ने समयको आकलन गरी कोरोनाभाइरसको सिलसिलेबार अन्तरालको अनुमान लगाइएको हो ।
वैज्ञानिकका अनुसार कोरोनाभाइरसका कारण हुने बिमारी कोविड–१९ को सिलसिलेबार अन्तराल कम हुदै प्रकोप तिब्र रुपमा बढ्छ र यसलाई रोक्न हम्मे पर्छ । युनिभर्सिटीअफ टेक्ससका सह अनुसन्धानकर्ता लारेन एंसेल मेयर्सका अनुसार इबोलाको सिलसिलेबार अन्तराल धेरै साता सम्म थियो जसलाई केही दिनको अन्तरालको इफुल्जलाले रोक्न ज्यादै सहज थियो । उनले कोरोनाभाइरस फलु झै फैलिने भएकलो यो संग लडन हामी आक्रमक रुपमा अगाडी बढनु पर्ने बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected