अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस को परीक्षण गरेका छन् ।
राष्ट्रपति ट्रम्पले शनिवार वाइट हाउसमा एक पत्रकार सम्मेलन गरी आफुले कोरोनाभाइरस परीक्षण गरेको बताएका हुन । उनले शुक्रबार राती आफुले परीक्षण गरेको र केही दिनमा नतिजा आउने बताए ।
ल्याबमा पुगेको छ’ ट्रम्पले भने– ‘एक दुई दिनमा यसको नतिजा आउला ।’ ब्राजीलका राष्ट्रपतिका प्रेस सल्लाहकार संग भेटघाट पश्चात उनमा कोरोनाभाइरस परीष्क्ष्ण गर्नुपर्ने कुरा उठेको हो । ट्रम्पलाई भेटेपछि ति अधिकारीमा कोरोना पोजेटिभ देखिएको थियो । शुक्रबारको पत्रकार सम्मेलनमा भने उनले भने पटक पटक दोहोराएर कोरोनाभाइरस परीक्षणको आवश्यकता नरहेको बताएका थिए ।
वाइट हाउसका प्रेस सेक्रेटरी ले ट्रम्पको स्वास्थय राम्रो रहेको र उनलाई फिजिसियन डाक्टरले नियमित हेरिरहेको बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected