जापानका दुई नेपाली बिद्यार्थी संगठनको एकता अधिबेशन सम्पन्न

निशान राना/जापान
जापानमा नेपाली विद्यार्थीहरुद्वारा गठित दुई संस्था नेपाल जापान विद्यार्थी समाज र नेपाली विद्यार्थी समाज जापान (नेसाज) को एकता अधिवेशन सम्पन्न भएको छ । आइतबार नागोया स्थित ओका कैकान सभाहलमा सम्पन्न एकता अधिवेशनले कृष्ण भुषालको अध्यक्षमा २१ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको हो । एकता पछि संस्थाको नाम नेपाली बिद्यार्थी समाज जापान ( नेसाज ) राखिएको छ।
उक्त कार्यक्रम चेतन पौडेललको अध्यक्षता र एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यसमितीमा वरिष्ठ उपाध्यक्षमा प्रकाश भण्डारी क्षेत्री, उपाध्यक्षमा शंकर भुषाल र बिपिन हुमागाई, क्षेत्रीय उपाध्यक्षमा दामोदर वस्ती, महासचिवमा अजय राना, सचिवमा सुमन केसी, सह-सचिवमा सन्तोष पन्त, कोषाध्यक्षमा विकाश अधिकारि र सह-कोषाध्यक्षमा पवन श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा क्रमश : रीतु थापा, केशव सुबेदी, सागर भण्डारी क्षेत्री, सुनिल ज्ञावली, सुरेन्द्र गिरी, दिनेश महर्जन, रिन्कु कार्की, सुदिप पाण्डे, राजन भट्टराई, दीपक अधिकारी र कृष्ण बखती निर्वाचित भएका छन् । संस्थाको मुख्य संरक्षकमा चेतन पौडेल र संरक्षकमा तेज प्रसाद गुरुङलाई चयन गरेको छ ।
कार्यक्रममा जापानमा रहेका विभिन्न संघसंस्थाहरु संग अन्तरक्रिया गरिनुको साथै सामाजिक कार्यमा उल्लेखनिय भूमिका रहेकाहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो। जापानका स्थानिय कलाकारहरुको सांगितिक प्रस्तुती पनि रहेकोले कार्यक्रम थप रङ्गमय बनेको थियो ।