टेक्सस राज्यमा ७३ जनामा कोरोनाभाइरस सक्रमण

अमेरिका–अमेरिकामा फैलिरहको कोरोनाभाइरस बाट टेक्सस राज्यमा अहिले सम्म ७३ जनामा संक्रमण पुष्टि भएको छ ।
राज्य समिति तथा स्थानिय सरकारले निकालेको पछिल्लो तथ्याङक अनुसार टेक्ससका केही सहरमा सक्रमण भेटिएको हो । टेक्ससको हयुस्टन सहर सबै भन्दा धेरै प्रभावित क्षेत्र भएको बताइएको छ । त्यसपछि सान एन्टोनिया, उत्तरी टेक्सस र अन्य केही सहर रहेको छ ।
आइतबार मात्रै टेक्ससको प्लानो क्षेत्रमा ४७ वर्षीय पुरुष र ५६ वर्षिया महिलामा कोरोनाभाइरस पोजेटिभ भेटिएको प्लानो सिटीले जनाएको छ । त्यस्तै कोलिन काउनटीमा पनि सात वटा कोरोनाभाइरस सक्रमणका मानिस भेटिएका छन् । त्यस्तै ट्यारेन्ट काउन्टीमा पनि ४ जनामा सक्रमण भेटिएको छ ।
टेक्ससको ड्यालस, फोटवर्थ हयुस्टन सान एन्टोनिया लगायतका सहर बढी कोरोनाभाइरसबाट प्रभावित भएको समाचार छ ।
प्छिल्लो सरकारी तथ्याङक अनुसार अमेरिकामा ३ हजार ४ सय मा कोरानाभाइरस सक्रमण भेटिएको छ । अहिले सम्म ६३ जनाको ज्यान गएको छ भने ५९ जना सक्रमणबाट निको भएका छन् । अमेरिकाको न्युयोर्क सबै भन्दा प्रभावित बनेको छ । न्युयोर्कमा ७२९ सक्रमण भेटिएको छ भने ३ जनाको ज्यान गएको छ ।
त्यस्तै बासिङटन ६४२ मा सक्रमण भेटिएको छ भने सबै भन्दा धेरै ४० जनाको ज्यान यो राज्यमा गएको छ । क्यालिफोर्नियामा ४२४ मा सक्रमण र ६ जनाको ज्यान गएको छ । म्यासाचुसेटमा १३८ सक्रमण भएका छन् भने फलोरिडामा ११५ सक्रमण र ४ जनाको ज्यान गएको छ । त्यस्तै क्लोराडोमा १०५ र एक जनाको ज्यान गएको छ । न्युजर्सिमा सय जनामा सक्रमण र २ जनाको ज्यान गएको छ । जर्जियामा ९९ जनामा सक्रमण र १ जनाको ज्यान गएको छ भने लुजियानामा ९१ जनामा सक्रमण र २ जनाको ज्यान गएको छ । त्यस्तै भर्जिनियामा एक, ओरिगनमा एक, क्यान्ससमा एक, तथा नर्थ डेकोटामा एक जनाको ज्यान गएको छ ।