अमेरिका– विश्वव्यापी महामारी बनेको कारोनाभाइरसको अहिले सम्म यसको उपचार भेटिएको छैन । तर कोरानाभाइरसको डरलाई योग र ध्यानले बचाउन सक्ने तथ्य फेला परेको छ । अमेरिकाको योग हार्वड मेडिकल स्कुलले मानिसलाई कोरोनासंग लडन योग र ध्यान गर्न सल्लाह दिएको छ ।
अमेरिकाको प्रमुख चिकित्सा संस्थान हार्वड मेडिकल स्कुलले कोरोनाभाइरसको त्राससंग लडन योग ध्यान र सासलाई नियन्त्रण गर्न सल्लाह दिएको हो ।
यसै साता प्रकाशित लेखमा योगा ध्यान र सास नियन्त्रण शान्त हुने तरिकाको रुपमा वर्णन गरेको छ ।
हार्वड मेडिकल स्कुल तथा युनिभर्सिटी अफ क्यालिफोर्नियाको डेभडि गेफेन स्कुल अफ मेडिसिनका बोड प्रमाणिीत मनोरोग चिकित्सक जान शार्पले भने–‘नियमित ध्यान र योगाले धेरै राहन दिनेछ ।’
उनले योग नगर्नेले एक पटक गरेर केही नया चिजको अनुभव गर्ने बताए । उनले जनस्वाथ्य विशेषज्ञको कुरा सुन्न र उनिहरुले नया बाटो देखाउने समेत बताएका छन् ।
अमेरिकामा दिनप्रतिदिन कोरोनाभाइरसको महामारी फैलिदै गएको छ । पछिल्लो तथ्याङक अनुसार अहिले सम्म ७० जनाको ज्यान गइसकेको छ भने ४०४० संक्रमीत भएका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...