अमेरिकामा फैलिदै कोरोनाभाइरस , ४ हजार भन्दा बढी संक्रमित , ७१ को मुत्यु
अमेरिका– अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट अहिले सम्म ७१ जनाको ज्यान गइसकेको छ ।
अमेरिकी सरकारको स्वास्थ्य विभागले निकालको तथ्याङ्क अनुसार यो समाचार तयार पार्दा सम्म यतिको संख्यामा सक्रमणका कारण मुत्यु भएको जनाएको हो ।
अहिले सम्म अमेरिकामा यो भाइरसबाट ४१४१ जना सक्रमित भइसकेको समाचार एजेन्सीहरुले जनाएका छन् । अहिले सम्म सबै भन्दा धेरै वासिङटन राज्यमा ४२ जनाको ज्यान गइसकेको छ ।
वासिङटनमा सक्रमित संख्या पनि अन्य राज्यको तुलानामा उच्च रहेको छ । अन्तराष्ट्रि संचार माध्यमका अनुार वासिङटनमा ९५४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । अमेरिकाको सबै भन्दा व्यस्त र ठुलो सहर न्युयोर्क पनि कोरोनाभाइरसको उच्च जोखिममा परेको छ । न्युयोर्कमा अहिले सम्म ७ जनाको ज्यान गएको छ भने ७६९ जना संक्रमित भेटिएका छन् । अमेरिकाको बासिङटनबाट सुरु भएर अहिले सबै राज्यमा डढेलो झै कोरोनाभाइरस सक्रमण फैलिसकेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार विश्वमा झण्डै १८ लाख मानिसमा यसको संक्रमण भेटिएको छ । यसको संक्रमणबाट ७ हजार ७१ ज्नाको ज्यान गइसकेको छ ।
सबै भन्दा बढी चाइनामा ३ हजार २ सय १३ र इटलीमा म २ हजार १ सय ५८ जनाको ज्यान गएको छ । चीन पछि सबै भन्दा प्रभावित युरोपको इटली बनेको छ । कोरोनाभाइरसका कारण इटली पुरै लक डाउन गरिएको छ । अरबीयन मुलुक इरान तेस्रो चपेटामा पर्ने मुलुकमा परेको छ । इरानमा ८ सय ५३ जनाको ज्यान गइसकेको छ भने झण्डै १५ हजार संक्रमित भएका छन् । चीनबाट सुरु भएको कोरोनाभाइरस यतिबेला युरोप अमेरिका हुदै संसारभर फैलिन पुगेको छ ।