अमेरिका– विश्वव्यापी महामारी बनेको कोरोनाभाइरसबाट जोगिन र सजकता अपनाउन गैरआवासिय नेपाली संघ अमेरिका (एनआरएनए) ले नेपाली समुदायलाई आग्रह गरेको छ ।
गैरआवासियन नेपाली संघ अमेरिकाका अध्यक्ष सुनिल शाहले एक विज्ञप्ती जारी गदै सावधानी पुर्वक आफु र आफनो परिवारको ख्याल गदै सजकता अपनाउन आग्रह गरेका हुन ।
उनले भेला, सार्वजनिक कार्यक्रमहरु तत्काल नगर्न र अत्यावश्यक बाहेक बढी संख्यामा जमघट हुने कार्यक्रम समेत नगर्न विज्ञप्ती मार्फत अपिल गरिएको छ ।
यो सक्रमणकालिन अवस्थमा अतिआवश्यक सामानको समेत अभाव देखिएकाले ति आवश्यक बस्तुसंग सम्बन्धीत व्यवसायमा संलग्न गैरआवासिय नेपाली व्यवसायीहरुलाई सम्बन्धी क्षेत्रमा रहेका नेपालीलाई आवश्यक सामान उपलब्ध गराउन समेत एनआरएनए अमेरिकाले आग्रह गरेको छ । विज्ञप्ती मार्फत अध्यक्ष साहले भने– यो संगीन घडीमा अत्यावाश्यक काम बाहेक भ्रमण समेत नगर्न र आवश्यक परे अमेरिकी सरकारको नितिलाई अवलम्बन गरेर यात्रा गर्न आग्रह गर्छु ।’
उनले नेपाल जानै परे दुताबास संग सम्पर्क गर्न आग्रह गरेका छन् । उनले कोरोनाभाइरसको जोखिमलाई मध्यनजर राखेर संघले विभिन्न मितिमा राखेका सबै कार्यक्रम स्थगन गरेको जनाएका छन् । उनले प्रत्यक्ष भेलालाई छाडेर संघले अनलाइन तथा सामाजिक संजाल माफर्त प्रचारात्मक अभियान अघि बढाएको जानकारी दिएका छन् ।
संघले क्षमताले भ्याउने र सघमार्फत गर्न सकिने सबै खाले सहयोग गर्न तत्पर रहेको जानकारी गराउदै विज्ञप्ती मार्फत समस्या परेमा संघलाई सम्झीना अध्यक्ष सुनिल शाहले सबैमा अपिल गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected