अमेरिका कोरोनाभाइरस अपडेट: १२५ काे मुत्यु ,८ हजार बढी संक्रमित

अमेरिका– अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट अहिले सम्म १२५जनाको ज्यान गइसकेको छ ।
अमेरिकी सरकारको स्वास्थ्य विभागले निकालको तथ्याङ्क अनुसार यो समाचार तयार पार्दा सम्म यतिको संख्यामा सक्रमणका कारण मुत्यु भएको जनाएको हो ।
अहिले सम्म अमेरिकामा यो भाइरसबा८ हजार भन्दा बढी सक्रमित भइसकेको समाचार एजेन्सीहरुले जनाएका छन् । अहिले सम्म सबै भन्दा धेरै वासिङटन राज्यमा५५ जनाको ज्यान गइसकेको छ । अन्तराष्ट्रिय संचार माध्यमका अनुार वासिङटनमा एक हजार जना भन्दा बढी कोरोनाभाइरसबाट संक्रमित भएका छन् । अमेरिकाको सबै भन्दा व्यस्त र ठुलो सहर न्युयोर्क पनि कोरोनाभाइरसको उच्च जोखिममा परेको छ । न्युयोर्कमा अहिले सम्म १६ जनाको ज्यान गएको छ भने झन्डै २५ सय जना संक्रमित भेटिएका छन् । अमेरिकाको बासिङटनबाट सुरु भएर अहिले सबै राज्यमा डढेलो झै कोरोनाभाइरस सक्रमण फैलिसकेको छ ।