टेक्सस कोरोनाभाइरस अपडेट, २२२ जनामा कोरोनाभाइरस संक्रमण, ३ को मुत्यु

टेक्सस–अमेरिकामा भयावह बन्दै गएको कोरोनाभाइरस संक्रमण पछिल्लो क्रममा टेक्सस राज्यमा पनि बढेर गएको छ ।
स्थानिय सरकारको तथ्याङक अनुसार यो समाचार तयार पार्दा सम्म टेक्ससमा २२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणबाट ३ जनाको ज्यान गएको छ । हयुस्टन, ट्यारेन्ट र मेटाग्रोडा गरी तीन जनाको ज्यान गएको हो ।
टेक्ससको हयुस्टन बढी प्रभावित सहर बनेको छ । त्यस्तै सान एन्टोनिया, उत्तरी टेक्सस र अन्य केही सहर पनि कोरोनाभाइरस संक्रमणबाट प्रभावित भएको खबर छ । ट्यारेन्ट काउन्टीमा अन्तर्गत फोटवर्थ, आर्लिङटन, अर्भिङ लगायतमा पनि कोरोनाभाइरस संक्रमण भेटिएका छन् । ट्यारेन्ट काउन्टीमा ९ जना संक्रमणको पुष्टि भएको छ । ट्यारेन्ट काउन्टी अन्तर्गत आर्लिङटनमा एक जनाको कोरोनाभाइरस संक्रमणबाट मुत्यु भएको छ ।
ह्यारिस काउन्टीमा १३, फोट बेन्डमा १२, मोन्टगोम्रीमा ६, ट्यारेन्ट काउन्टी ९ कोलिन काउन्टी १३ , फयानिन १ तथा डेन्टन काउन्टी लगायतमा कोरोनाभाइरस सक्रमण पुष्टि भएको छ ।
टेक्ससमा कोरोनाभाइरस फैलिदै गएपछि सर्वसाधारणमा त्रास बढेर गएको छ । बजारमा चहलपहल घटदै गएको छ । होटल रेष्टुरेन्ट लगायत अन्य व्यापार व्यवसायहरु सुनसा बन्दै गएका छन् । स्कुल कलेज बन्द छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...