सागर अर्याल/ह्युस्टन 
ह्युस्टनमा रहेका नेपालीहरुको संस्था नेप्लीज हेरिटेज युनियनले महान् चाड दशैलाई फरक शैलीमा मनाउने तयारी गरेको छ । आगामी अक्टोबर ५ तारिखका दिन ह्युस्टनमा अर्थर स्टोरी पार्कमा मनाउन लागेको महासचिव कर्ण बोगटीले बताउनुभयो । बोगटीका अनुसार बिहान १० बजेदेखी सांझ ४ बजेसम्म दशै बिषेश कार्यक्रम हुनेछ । ह्युस्टन वरपरका नेपालीका लागि निशुल्क प्रबेश रेहेको उक्त काढर्यक्रममा सहभागिहरुलाई नेपालमा पुगेर नै दशैं मनाएनको महशुष गराउने योजना रहेको आयोजकहरुले बताएका छन् । ३ बर्ष पहिले ह्युस्टनमा रहेका सकृय युवाहरुले स्थापना गरेको संस्थाले हरेक बर्ष दशै, तिज जस्ता चाडहरुमा बिभिन्न कार्यक्रम गरेर मनाउदै आएको छ । नेपाली कला संस्कृतिको जर्गेना र नेपालीहरु बिचको एकतालाई जोड दिदै आएको संस्थाको बर्तमान कार्य समितिको यो पहिलो दशै कार्यक्रम हो । आयोजकहरुले ह्युस्टन वरपर रहेका सबै नेपालीहरुलाई कार्यक्रममा उपस्थीत भएर नेपालमा पुगेको महशुष गर्न अनुरोध गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected