अमेरिका– अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट अहिले सम्म १७१ जनाको ज्यान गइसकेको छ ।
अमेरिकी सरकारको स्वास्थ्य विभागले निकालको तथ्याङ्क अनुसार यो समाचार तयार पार्दा सम्म यतिको संख्यामा सक्रमणका कारण मुत्यु भएको जनाएको हो ।
अहिले सम्म अमेरिकामा यो भाइरसबा ११ हजार ५ सय भन्दा बढी सक्रमित भइसकेको समाचार एजेन्सीहरुले जनाएका । अहिले सम्म सबै भन्दा धेरै वासिङटन राज्यमा ६८
जनाको ज्यान गइसकेको छ । अन्तराष्ट्रिय संचार माध्यमका अनुार वासिङटनमा एक हजार जना भन्दा बढी कोरोनाभाइरसबाट संक्रमित भएका छन् । अमेरिकाको सबै भन्दा व्यस्त र ठुलो सहर न्युयोर्क पनि कोरोनाभाइरसको उच्च जोखिममा परेको छ । न्युयोर्कमा अहिले सम्म २१ जनाको ज्यान गएको छ भने झन्डै ४ हजार बढी संक्रमित भेटिएका छन् । अमेरिकाको बासिङटनबाट सुरु भएर अहिले सबै राज्यमा डढेलो झै कोरोनाभाइरस सक्रमण फैलिसकेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...