टेक्ससमा पनि बढ्दै कोरोनाभाइरस ३६३ जनामा संक्रमण, ५ को मुत्यु

अमेरिका–अमेरिकामा भयावह बन्दै गएको कोरोनाभाइरस संक्रमण पछिल्लो क्रममा टेक्सस राज्यमा पनि बढेर गएको छ ।
स्थानिय सरकारको तथ्याङक अनुसार यो समाचार तयार पार्दा सम्म टेक्ससमा ३६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणबाट ५ जनाको ज्यान गएको छ । हयुस्टन, ट्यारेन्ट र मेटाग्रोडा गरी तीन जनाको ज्यान गएको हो । अहिले टेक्सस राज्यमा संक्रमणबाट मुत्यु भएकामा ९०, ७७ र ६० वर्ष उमेरका बृद्धबृद्धा रहेका छन् । हयुस्टन क्षेत्रमा दुई जनाको अवस्था चिन्ताजनक रहेको समाचार एजेन्सीले जनाएका छन् । टेक्ससमा अहिले हरेक साता १० हजार भन्दा बढीमा कोरोनाभाइरसको संक्रमण परीक्षण भइरहेको छ । आज शुक्रबार मात्र ५ हजार भन्दा बढी को परीक्षण भएको बताइएको छ ।
टेक्ससको ट्यारेन्ट काउन्टीको आर्लिङट, फोटवर्थमा , साउथ लेक युलेस, कोलीभिल, केलर लगायतमा पनि २९ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ ।
समाचार अनुसार टेक्ससको अस्टिनमा पनि संक्रमणको संख्या बढीरहेको छ । त्यस्ते ड्यालस फोटवर्थ क्षेत्रमा पनि बढ्दो क्रममा देखिन्छ । टेक्ससमा पहिलो पटक सान एन्टोनियामा कोरोनाभाइरसको संक्रमण भेटिएको हो ।
टेक्ससको हयुस्टन बढी प्रभावित सहर बनेको छ । त्यस्तै सान एन्टोनिया, उत्तरी टेक्सस र अन्य केही सहर पनि कोरोनाभाइरस संक्रमणबाट प्रभावित भएको खबर छ । ट्यारेन्ट काउन्टी अन्तर्गत आर्लिङटनमा एक जनाको कोरोनाभाइरस संक्रमणबाट मुत्यु भएको छ ।
ह्यारिस काउन्टीमा १३, फोट बेन्डमा १२, मोन्टगोम्रीमा ६, ट्यारेन्ट काउन्टी ९ कोलिन काउन्टी १३ , फयानिन १ तथा डेन्टन काउन्टी लगायतमा कोरोनाभाइरस सक्रमण पुष्टि भएको छ ।
टेक्ससमा कोरोनाभाइरस फैलिदै गएपछि सर्वसाधारणमा त्रास बढेर गएको छ । बजारमा चहलपहल घटदै गएको छ । होटल रेष्टुरेन्ट लगायत अन्य व्यापार व्यवसायहरु सुनसा बन्दै गएका छन् । स्कुल कलेज बन्द छन् ।