विश्वमा ३ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित, १२ हजार ९ सय बढीको मुत्यु
अमेरिका– विश्वव्यापी महामारी बनेको कोरोनाभाइरसले यतिबेला सबैतिर अवस्था तहसनहस बनेको छ ।
अहिले सम्म विश्वमा कोरोनाभाइरसबाट १२ हजार ९ सय ज्यान गइसकेको छ भने ३ लाख भन्दा बढी मानिस यसको संक्रमणमा परेका छन । यो समाचार तयार पार्दा सम्म चीनमा ३ हजार २ सय ५५ र इटलीमा ४ हजार ८ सय २५ र इरानमा १ हजार ५ सय ५६ जना को ज्यान गएको छ । यी तीन देश कोरोनाभाइरसबाट बढी प्रभावित बनेका छन् । यी मध्ये ६४ भन्दा बढी देशमा यसको संक्रमणबाट मुत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् । संक्रमीत मध्ये विश्वका १ लाख २४ हजार भन्दा बढीको उपचार भइरहेको खबर छ ।
चीनको बुहानबाट सुरु भएको कोरोनाभाइरसको महामारी अहिले विश्वका १७२ भन्दा बढी राष्ट्रमा डढेलो झै सल्किएर फैलिएको छ ।
चीनको अलवा १६ भन्दा बढी मुलुकमा हजार भन्दा बढी संक्रमणका घटना बाहिर आएका छन् ।
चीन– चीनमा अहिले कोरोनाभाइरस करीब करीब नियन्त्रणको अवस्थामा पुगेको छ । चीनमा बुधबार ३४ संक्रमणका घटना मात्रै बाहिर आएको छ । चीनमा ८१ हजार ८ जना संक्रमीत छन् भने ७१ हजार ७ सय ४० जनालाई निको भइसकेको छ । मारिनेमा ३ हजार २ सय ५५ छन् ।
इटली–चीन पछि दोस्रो कोरोना प्रभावित मुलुक युरोपको इटली हो । यहा“ अहिले सम्म ४ हजार ८ सय २५ को ज्यान गएको छ भने ५३ हजार भन्दा बढी संक्रमणबाट गुज्रिएका छन् । ६ हजार ७२ जनालाई निको भएको छ । इटलीमा एकै दिन ७९३ जनाको ज्यान गएको छ ।
इरान– चीन र इटली पछि कोरोनाभाइरस संक्रमणबाट मुत्युको संख्या धेरै हुने मुलुक इरान हो । यहा“ १ हजार ५ सय भन्दा बढीको ज्यान गएको छ । २० हजार भन्दा बढी संक्रमीत छन् भने ७ हजार ६ सय ७२ जना संक्रमणबाट निको भएका छन् ।
स्पेन– स्पेनमा अहिले सम्म १ हजार ३ सय ७८ जनाको ज्यान गएको छ । यहा“ संक्रमणको संख्या २५ हजार भन्दा बढी पुगेको छ । २ हजार १ सय लाई नै निको भएको छ ।
जर्मनी– जर्मनमा अहिले सम्म कोरोनाभाइरसबाट ८३ जनाको ज्यान गएको छ । २२ हजार बढी संक्रमीत र २०९ जनालाई निको भएको छ ।
अमेरिका– अमेरिकामा पनि कोरोनाभाइरसको कहर फैलिएर गएको छ । यहा“ अहिले सम्म २८८ जनाको ज्यान गएको भने २२ हजार ८ सय १३ संक्रमीत भएका छन् । १७१ जना मात्रै निको भएका छन् । ब
फ्रान्स–फ्रान्समा अहिले सम्म ५६२ जनाको ज्यान गएको छ । १४ हजार भन्दा बढी संक्रमीत बनेका छन् । १ हजार ५ सय ८७ जना मात्रै निको भएका छन् । ब
ब्रिटेन– ब्रिटेनमा अहिले सम्म २३३ जनाको ज्यान गएको छ । ५ हजार भन्दा बढी संक्रमीत बनेका छन् । ६५ जनालाई मात्र यहा“ निको भएको छ ।
दक्षिण कोरिया–दक्षिण कोरियामा अहिले सम्म १०२ जनाको ज्यान गएको छ । यहा“ सक्रमीत संख्या ८ हजार ७ सय भन्दा बढी पुगेको छ । २ हजार ६ सय भन्दा बढी जनालाई निको भएको छ ।