अमेरिकामा कोरोनाभाइरस बढेपछि प्रमुख सहरहरु ठप्पै, दस करोड भन्दा बढी बासिन्दा घरमै कैद

अमेरिका– अमेरिकामा कोरोनाभाइरस संक्रमण गुना चौगुनाले बढेर गएपछि सबैतिर अन्यौल बनेको छ ।
कोरोनाभाइरसको संक्रमण फैलिएपछि क्यालिफोर्निया पछि न्युयोर्क राज्यमा आवतजात तथा कारोबारी गतिविधिहरु बन्द भएका छन् । अमेरिकाको न्युयोर्क, लजएन्जल्स तथा शिकागो जस्तो प्रमुख राज्यका सहरहरु ठप्प भएर बन्द जस्तै भएको समाचार एजेन्सीहरुले जनाएका छन् । गतिविधि र चहलपहल शुन्य यी सहरका झण्डै दस करोड बासिन्दा घरभित्रै कैद भएका छन् ।
न्युयोर्कका गर्भनरले अतिआवश्यक बाहेक सबै कारोबार बन्द गरिएको घोषणा गरिसकेका छन् ।
अमेरिकामा घन्टै पछि कोरोनाभाइरस संक्रमणको संख्या बढी रहेको छ । यो समाचार तयार पार्दा सम्म अमेरिकामा २४ हजार १ सय ४२ जनामा कोरोनाभाइरस संक्रमण पृष्टि भएको छ । संक्रमणबाट २८८ जनाको ज्यान गएको छ । अति प्रभावित सहर न्युयोर्कमा कोरोनाभाइरसबाट ११ हजार ६ सय ४५ जना संक्रमीत र ५६ जनाको ज्यान गएको छ । यस्तै वासिङटनमा ८३ जनाले ज्यान गुमाएका छन् । क्यालिफोर्नियामा २४, फलोरिडामा १२, न्युजर्सि १६ र अन्य राज्यमा मृतकको संख्या बढीरहेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...