टेक्सस– टेक्ससको अर्भिङ बस्दै आएका युवा कलाकार नयनराज पाण्डेले अरुले लेखेको फेसबुकको स्टाटसलाई टिकटिक बनाएर जस्ताको त्यस्तै पढे । जुन स्टाटस कोरोनाभाइरसको विषयमा चलाईएको एउटा अफवाह थियो ।उनले सिडनी गुरुग नामकाे फेसबुक अकाउन्टबाट स्टाटस लिएका थिए । तर उनले त्यसैलाई आधार बनाएर टिकटक भिडियो बनाए । अहिले सामाजिक संजालभरी उनले हप्की खानु परेको छ । गाली गलोज गर्नेहरु बढेका छन् ।
‘अरुले लेखेको स्टाटस पढेर केवल प्रश्न गरेको थिए, मैले आफैले लेखेको हैन’भाइरल भएपछि पहिलो पटक युएसनेपाल पोष्टसंग कुराकानी गदै उनले भने– ‘यो जनचेतना स्वरुप भिडियो बनाएको थिए, तर गलत अर्थ लगाएर ममाथि गाली गलोज गरिएको छ ।’ उनले यस्तो नहोस सबै सर्तक हुन भनेर टिकटक बनाएको दाबी गरेका छन् ।

उनले याे स्टाटस पाएर भिडियाे बनाए
उनका अनुसार ४० सेकेण्डको टिकटक भिडियोलाई काटेर २० देखि ३० मात्रै देखाएर केही मिडियाले आफुलाई विवादमा तानेको बताए । उनले ४० सेकेन्डकाे भिडियाेमामैले यसरी स्टाटस पढेको हु“ भनेर भिडियामा यो हल्लाको यथार्थ के हो भनेर प्रश्न गरेको दोहोराएका छन् । उनले फेसबुकमा पहिल्यै भाइरल भएको कुरालाई सबैलाई जानकारी र यथार्थ के हो भनेर प्रश्न राख्दै उनले टिकटक बनाएका हुन । उनले भिडियोमा आफुले प्राप्त गरेको विवादित स्टाटसको स्कृनस्ट सहित राखेका छन् ।

उनले बनाएको उक्त टिकटक एक घण्टामै ७ सय ५० भन्दा बढीले शेयर गरेपछि भने उनी अत्तालिएका थिए । धेरैबाट आएको नेगेटिभ कमेन्टले आफनो कलाको मर्म नबुझेको बताए ।

काठमान्डौ पेप्सीकोलाका स्थायी बासिन्दा पाण्डे पा“च वर्ष अघि इडिभी भिसामा अमेरिका आएका हुन । उनले टेक्ससमा बसेर आधा दर्जन भन्दा बढी छोटो चलचित्रमा अभिनय गरेका छन् । उनले खेलेको छोटो चलचित्रले उत्कृष्ट कलाकारको रुपमा अवार्ड समेत पाइसकेका छन् । टिकटकमा समेत रुची भएका उनले कारोनाभाइरस सम्बन्धी विवाद भिडियो बनाएपछि अहिले विवादमा तानिएका छन् । उनले आफुले गलत अर्थमा नबनाएको बताउदै नेपाल सरकारसंग माफीत समेत मागेका छन् । म विदेशमा भए पनि आफनो देश र स्वाभिमानलाई माया गर्ने मान्छे हो’ उनले भने– ‘देशलाई हानी पुग्ने खालको गतिविधी गर्छु भनेर कहिल्यै सोचेको पनि छैन र सोच्ने पनि छैन ।’

उनले बनाएको पुरा भिडियो हेर्नुहोसय

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected