कोरोनाभाइरस महामारी– अमेरिकी अर्थतन्त्र धराशयी, राहत प्याकेज ल्याउने तयारी
अमेरिका– अमेरिकामा फैलिरहेको कोरोनाभाइरसका कारण यहा“को अर्थतन्त्र धराशयी बन्दै गएको छ । कोरोनाभाइरसका कारण व्यापार व्यवसाय ठप्प भएपछि अर्थतन्त्रमा भारी असर पुगेपछि धराशयी बनेको हो ।
अर्थतन्त्रमा भारी गिरावट आएपछि यसको भरपाईका लागी अमेरिकाले राहत प्याकेज ल्याउन लागेको छ । व्यवासय र व्यवसायलाई राहत दिनका लागी अमेरिकी संसदमा राहत प्याकेजको चर्चा भएको हो । टे«जर सेक्रेटरी स्टीवन न्युकिनले यो प्याकेज ट्रिलियन डलरको हुने बताएका छन् ।
कोरोनाभाइरस संक्रमण फैलिए पछि अहिले अमेरिकाको अर्थतन्त्र ओरालो लाग्दै गएको छ । यसका लागी सहयोग पुगोस भनेर राहत प्याकेज ल्याउन लागीएको हो ।
अमेरिकामा दिनदिनै कोरोनाभाइरस संक्रमणको संख्या दिनैपिच्छै बढ्दै गएपछि व्यापार व्यवसाय ठप्पै छ । अहिले अमेरिकामा कोरोनाभाइरसले चौपट बनाएको छ । व्यापार बन्द छ । कतिपयको जागी छैन र घरमै बसिरहेका छन् । यसैका कारण मुलुकले अर्थतन्त्रमा गंभीर असर झेलिरहेको छ । अमेरिकामा कोरोनाभाइरस संक्रमण बढदै ३० हजार पुगेको छ भने मृतकको संख्या ३ सय भन्दा बढी पुगेको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...