अमेरिका– अमेरिकामा कोरोनाभाइरस महामारी बढेर गएको छ । कोरोनाभाइरसबाट अमेरिकाको न्युयोर्क सहर सबै भन्दै बढी प्रभावित बनेको छ । यो समाचार तयार गर्दा सम्म न्युयोर्कमै १५ हजार भन्दा बढी संक्रमण देखिएको छ भने मृतकको संख्या पनि बढेर ११४ पुगेको छ ।
अमेरकाको ५० राज्यमा फैलिएको कोरोनाभाइरसबाट यो समाचार तयार पार्दा सम्म ४१४ जनाको ज्यान गइसकेको छ । राज्यभरी अहिले सम्म झण्डै ३१ हजार भन्दा भन्दा बढी सक्रमितको संख्या भइसकेको छ । कोभिड–१९ बाट बासिङटनमा २६ फेब्रुअरीमा पहिलो मृत्यु भएको थियो । एक महिना पनि नपुग्दै अमेरिकामा कोरोनाभाइरस महामारी बनेर फैलिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संक्रमण फैलिएपछि युद्ध स्तरमा तयारी गरिरहेको बताएका छन् । राज्यमा संकटकाल घोषणा गरेपछि यसको रोकथामका लागी हरेक प्रकारको प्रयासमा जुटेको देखिन्छ ।
कोरोनाभाइरस सक्रमणमा सबै भन्दा अधिक पुर्वी तट न्युयोर्क र पश्चिममा वासिङटन बढी प्रभावित भएका राज्य बनेका छन् अहिले सम्म सबै भन्दा धेरै न्युयोक कोरोनाभाइरसको चपेटामा परेको छ ।
वासिङटनमा सक्रमित संख्या पनि बढीरहेको छ । मृतकको संख्या ९४ पुगेको छ । अन्तराष्ट्रि संचार माध्यमका अनुसार वासिङटनमा १ हजार ७ सय भन्दा बढी कोरोनाभाइरसबाट संक्रमित भएका छन् । अमेरिकाको सबै भन्दा व्यस्त र ठुलो सहर न्युयोर्कमा कोरोनाभाइरसको संक्रमण सर्वाधिक बनेको छ । यो संगै न्युयोर्क उच्च जोखिममा परेको छ । अमेरिकाको बासिङटनबाट सुरु भएर अहिले सबै राज्यमा डढेलो झै कोरोनाभाइरस सक्रमण फैलिसकेको छ ।
विश्व स्वास्थ्य संगठनले पनि कोरोनाभाइरसको महामारी घोषित गरेपछि विश्वभर यसले त्रास बढेर गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संकट जुलाई अगस्त पछि अन्त्य हुने दाबी गरेका छन् । अमेरिकामा कोरोनाभाइरस सक्रमणबाट मुत्यु हुनेमा ७० वर्ष भन्दा माथिका उमेर समुह रहेको वासिङटनपोस्टले लेखेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको महामारीलाई ध्यानमा राखेर १० जना भन्दा बढीको भीड बनाएर सहभागी नहुन अनुरोध गरेका छन् । उनले धेरैलाई घरभित्र बस्न र हरसंभव भए सम्म घरबाटै काम गर्न भनेका छन् । सिलिकन भ्यालीका ७ मिलियन भन्दा बढीलाई घरभित्र रहन भनिएको छ । यतिबेला अमेरिकामा स्कुल कलेज बार, रेष्टुरेन्ट तथा अधिकांश पसलहरु बन्द भइसकेका छन् ,। न्युजर्सिमा कफ्यु लागेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार विश्वमा ३ लाख लाख भन्दा बढी मानिसमा यसको संक्रमण भेटिएको छ । यसको संक्रमणबाट १४ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।
सबै भन्दा बढी इटलीमा ५ हजार भन्दा बढीको ज्यान गएको छ । कोरोनाभाइरसका कारण इटली पुरै लक डाउन गरिएको छ । अरबीयन मुलुक इरान तेस्रो चपेटामा पर्ने मुलुकमा परेको छ । चीनबाट सुरु भएको कोरोनाभाइरस यतिबेला युरोप अमेरिका हुदै संसारभर फैलिन पुगेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected