‘नेपालकै साइत अनुसार दशैको टिका लगाउछौ’
अमेरिकामा अन्तराष्ट्रिय पञ्चांग निर्णय समितिले दशैको टिका अक्टोबर ७ मा लगाउने निर्णय सार्वजनिक गरे संगै यसले जनमानसमा अन्यौल सृजना गरेका छ ।
हरेक वर्ष जसो नेपालकै साइत अनुसार टिका लगाउदै आएका अमेरिकाका नेपालीहरुले अहिले आएर नेपाल भन्दा अगाडी नै टिका लगाउनु पर्ने भएपछि धेरैले असहमति जनाएका हुन । अधिकाश नेपालीले नेपलाकै मिति र समय अनुसार दशैको टिका अमेरिकामा लगाउने भएका छन् ।
लामो समय टेक्ससमा बस्दै आएका नेपाली समाज टेक्ससका पुर्व अध्यक्ष कृष्ण लामिछानेले नेपाल भन्दा अगाडी टिका लगाउने निर्णयमा आफनो असहमति रहेको बताए । अहिले सम्म नेपालकै तिथी समय अनुसार हामीले नेपाली चाडपर्व मनाउदै आएका थियौ’ उनले भने–‘अहिले आएर यस्तो अन्यौल सृजना भएको देख्दा अचम्म लागेको छ ।’
उनले जसले जे निर्णय गरे पनि पिताले भन्दा अगाडी आफुले टिका लगाउने संस्कारलाई अंगाल्न नसक्ने बताए । उनले नेपालकै साइत अनुसार नै बिगतका वर्षहरुमा झै टिका लगाउने बताउछन् ।
केही समय पहिला टेक्ससमै ज्योतिषहरु बीच नै नेपालकै साइत र त्यो भन्दा अगाडी टिका लगाउने विषयमा विवाद बाहिर आएको थियो
उनी मात्र हैनन अमेरिकामा बसोबास गर्ने नेपालीहरुले नेपालमा भन्दा अगाडी टिका लगाउने पक्षमा देखिएका छैनन । अमेरिकामा पनि अन्तराष्ट्रिय पंचाग समितिले सार्वजनिक गरेको टिकाको साइत राज्य अनुसार समय फरक फरक रहेको छ ।
देशकाल परिस्थिति, व्यस्तता र आफनो अनुकुल अनुसार मनाउने तर्फ केही ज्योतिषीहरुले आ–आफनो राय व्यक्त गरेका छन् । अन्तराष्ट्रिय पंचाग समितिले नेपाल भन्दा अघिल्लो दिन दशै मनाउने तिथी सार्वजनिक गरे संगै अमेरिकामा बसोबास गर्ने नेपालीहरुले परम्परागत रुपमै अघिल्ला वर्षमा झै दशै मनाउने मनासय व्यक्त गर्छन् ।
चलचित्र निर्देशक नारायण पुरी आएको आएका हरेक वर्ष नेपालकै साइत अनुसार टिका लगाउदै आएका छन् । नेपालमा जुन दिन टिकाको साइत पर्छ त्यही समयमा तलमाथि नपारी स्काइफ मार्फ हरेक वर्ष दशैको टिका लगाउदै आएका छौ’ उनले भने–‘यस पटक पनि नेपालकै साइत अनुसार त्यही पवित्र दिन टिका लगाइन्छ ।’
उनले अन्तराष्ट्रिय पंञ्चांग समितिले अघिल्लो दिन भने पनि आफुले नेपालमै परेको दिन मै टिका लगाउने बताए ।
पछिल्लो पुस्तामा परिवर्तनको चाहना अनुसार अघिल्लो दिन नै टिका लगाउनु पर्ने तर्फ अघि बढेको पनि देखिन्छ । आधिकारिक पञ्चांग नआउन्जेल सम्म परम्परागत रुपमा जसरी लगाइएको छ त्यसरी नै लगाउदा राम्रो होला’ अर्विङको नेपाली मन्दिरका पुरोहित कृष्ण भट्टराईले ेभने–‘विदेशमा आफनो अनुकुल जसरी सजिलो हुन्छ त्यसरी नै लगाउदा राम्रो होला ।
उनका अनुसार पञ्चांग निर्णायक समितले निर्णय गरे पनि आधिकारिक पञ्चांग नबनिसकेकोले अर्को वर्ष बनेपछि टिका लगाउने साइत एउटै हुनेछ । उनले पछिल्लो क्रममा टिका कहिले लगाउने भन्ने विषयमा आ–आफनो विचारले संकटकालकै अवस्था सृजना गरेको बताए ।
अर्विङमा बस्दै आएका गोविन्द ढकालले फेसबुक स्टाट्स लेख्दै भनेका छन्– सबै गुरु पण्डितहरुको सम्ममान गदै यसपालीको दशैको टिका नेपालकै दिन र तिथी अनुसार लगाउनेछौ । अमेरिकामा अघिल्लो दिन भने पनि परम्परादेखि जसरी मनाउदै आएका थियौ त्यही अनुसार मनाउने हो ।’
पञ्चाग निर्णायक समितिका एक सदस्यका अनुसार टिकामा विवाद गरेर अस्तिरता निम्ताउदै गरेको बताए । उनले भने– ‘परम्परा जे हो त्यही अनुसार जादा राम्रो हुन्छ, क्षणिक समयमा आएर नियम लगाउनु राम्रो हैन ।’
नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाले वर्षो देखि जसरी टिका लगाइयो त्यही अनुरुप लगाउने बताए । नेपाल भन्दा अगाडी टिका लगाइदैन उनले भने– आफनै परम्परा अनुसार नेपालकै मिति र समय अनुसार टिका लगाईन्छ ।