अमेरिका– अमेरिकामा महामारी बनिरहेको कोरोनाभाइरसको संक्रमण टेक्सस राज्यमा पनि फैलिने क्रम बढेको छ ।
पछिल्लो तथ्याङक अनुसार यो समाचार तयार पार्दा सम्म टेक्ससमा ५५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणबाट ६ जनाको ज्यान गएको छ ।
टेक्ससको सबै भन्दा बढी प्रभावित ड्यालस काउन्टी बनेको छ । त्यसपछि ह्यारिस र बेक्सर रहेका छन् । जानकारीमा नआएको काउन्टीका ६९ संक्रमण रहेका छन् । आइतबार दिउसो सम्म टेक्ससमा ३५५ सक्रमण तथ्य फेला परेको समाचार छ । ८ हजार ७ सय ५६ जनाको परीक्षण भएको छ । ट्यारेन्ट काउन्टीमा ४७ संक्रमण भेटिएको छ ।

टेक्ससको हयुस्टन बढी प्रभावित सहर बनेको छ । त्यस्तै सान एन्टोनिया, उत्तरी टेक्सस र अन्य केही सहर पनि कोरोनाभाइरस संक्रमणबाट प्रभावित भएको खबर छ । ट्यारेन्ट काउन्टीमा अन्तर्गत फोटवर्थ, आर्लिङटन, अर्भिङ लगायतमा पनि कोरोनाभाइरस संक्रमण भेटिएका छन् ।
टेक्ससमा कोरोनाभाइरस फैलिदै गएपछि सर्वसाधारणमा त्रास बढेर गएको छ । बजारमा चहलपहल घटदै गएको छ । होटल रेष्टुरेन्ट लगायत अन्य व्यापार व्यवसायहरु सुनसा बन्दै गएका छन् । स्कुल कलेज बन्द छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected