अमेरिका– कोरोनाभाइरसको महामारीले अमेरिका दिनदिन प्रभावित बन्दै गइरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको रोकथामका लागी सामाजिक दुरीलाई टाढा बनाउनुका साथै अरु कदमहरु चालिरहेका छन् । घरबाट बाहिर नसिक्न र भीडभाड नगर्न समेत भनिएको छ ।

भीडभाड र आफना इष्टमित्रको जमघट विना त बिहे कसरी संभवन हुन्छ । तर यहा“ संभव भएको छ । अमेरिकाको अति प्रभावित न्युयोर्क सहरमा भने विना भीडभाड एक जोडीले अनौठो तरिकाले सडकमै विहे गरको छ्न । जुन विहे यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ ।
बासिङटन हाइटसको म्यानहटन इलाकाको एउटा सानो सडकमा एक जोडीको बिल्कुलै नया तरिकाले बिहे भएको छ । म्यारेजि ब्युरो नै नपाएपछि उनिहरुले आफनै सर्टिफाइड क्लर्क साथीलाई विवाह गराउनका लागी डाके । सडकमै उनिहरुले पुरा जिन्दगी संगै बिताउने कसम खाइरहेका थिए । उनिहरुको बिवाहलाई उनिहरुको साथीले घरको चौथो तलाबाट विभिन्न कुरा भट्याउदै औपचारिकता दिइरहेका थिए । उनिहरुले दुवैले सबै वाचा पुरा गर्ने भन्दै आई डु भनिरहेका थिए । उनिहरुको यो विवाहलाई उनिहरुकै साथीले इन्स्टाग्राममा शेयर गरेकी छिन् ।


यी जोडीको आउदो अक्टुबोरमा विहे गर्ने तयारी गरेका थिए । तर कोरोनाभाइरसको संकट बढदै गएपछि उनिहरुले अहिले नै बिहे गर्ने निर्णय गरे र अनौठो तरिकाले गरे । उनिहरुलाई कोरोनाभाइरसको संकट अरु लम्बिने चिन्ता थियो र त्यही अनुरुप बिहे गरे । बिहेको समयमा नजिकको आफना एकाध नातेदार थिए तर उनिहरु धेरै टाढाको दुरीमा बसेका थिए ।

लिंक भिडियाे

https://www.instagram.com/tv/B9_98yxpw7Z/?utm_source=ig_web_copy_link

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected