अमेरिका-अमेरिकाकाे न्युयोर्कमा कोविड–१९ कोरोनाभाइरसबाट एक नेपालीको दुख्द निधन भएको छ ।
न्युयोर्कको नेपालीहरुको अधिका बसोबास रहेको कुईनिस स्थिनज्याक्सनहाइटमा बस्दै आएका ५० वर्षिय अनिल लिम्बु भएको निधन भएको हो ।
उच्च रक्तश्राप र मधुमेहका बिरामी लिम्बुले लाई साता दिन अगाडी ज्वरो र टाउनको दुख्न थालेपछि चेकजाजका लागी अस्पताल पुगेको बताईन्छ । अस्पतालको रिपोर्टमा उनलाई संक्रमण पोजेटिभ भेटिएको पारिवारिक स्रोतले बताएको छ । केहीन दिन देखि गंभीर अवस्थामा अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको लिम्बुको बुधबार बिहान निधन भएको हो । उनलाई निमोनियाले च्यापेपछि निधन भएको अस्पतालको हवाला दिदै आफन्तले जनाएका छन् ।
पुर्वी पाचथरका स्थायी बासिन्दा झण्डै २० वर्ष देखि अमेरिका बस्दै आएको नेपाल जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले बताएका छन् । उनका श्रीमति एक छोरी र छोरा रहेका छन् ।
उनको सबै परिवारमा कोरोनाभाइरस संक्रमण मेटिएको छ । अति प्रभावित न्युयोर्क सहरमा नेपाली समुदायको बाक्लो बसोबास रहेको छ । केही नेपालीमा संक्रमण भेटिएको समाचारहरु आइरहेका छन् ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...